आजको पञ्चाङ्ग एवम् राशिफल (५ माघ २०८० शुक्रबार, १९ जनवरी २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (५ माघ २०८० शुक्रबार, १९ जनवरी २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८० माघ ५ गते तद्अनुसार सन् २०२४ जनवरी १९ तारिख शुक्रबार पौषशुक्लपक्ष नवमी तिथि अश्विनी नक्षत्र ७ः८ पर भरणी नक्षत्र साध्य योग बालव करण आनन्दादिमा बज्र योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५७ मा भयो र सूर्यास्त साँझ १७ः३२ बजेमा हुनेछ ।

आजको राशिफल

मेष – बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुने समय छ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । आजको दिन आर्थिक क्रियाकलापमा राम्रै फाइदा उठ्न सक्छ भने रोजगारीको नयाँ अवसर मिल्न सक्छ । बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्ने योग भएकोले सजग रहनुहोला । मिजनको सहयोग प्राप्त हुनेछ ।

वृष – दिन शुभदायी छ । व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । सहयोगीहरूले काममा साथ दिनेछन् भने गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ । आँटेका काम तत्काल सम्पादन हुनेछन् । व्यापारमा फाइदा हुनेछ । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त होला । विभिन्न सहयोग र उपहार पाइने समय छ । व्यस्तता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – आजको दिन अनावश्यक भ्रमण हुन सक्ने र स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ भने सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । आयबल र पराक्रम बढ्नेछ । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – कर्मबल बढ्नेछ तर ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने तथा आफ्नै कमजोरीले विवादमा परिने योग छ । सहयोगको आशा देखाउनेहरूले आज धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । तथापि, प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिने समय छ । सार्वजनिक काममा आकर्षण बढ्ला । रसरागको भाव वृद्धि होला ।

सिंह – रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइने समय भएपनि विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । तथापि, पहिलेको सफलताले थप हौसला जगाउनेछ । रोकिएका काम बन्नाले उत्साह जाग्ने समय छ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशांति बढ्ला ।

कन्या – दौडधुप वृद्धि हुनेछ । गरिएका कामको आज राम्रै मूल्यांकन हुनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । प्रयास गर्दागर्दै समयमा चिताएको काम सम्पादन नहुन सक्ने योग रहेकोले काममा धैर्य र लगनशीलता बढाउनु हितकर हुनेछ । स्वास्थ्यगत हिसाबले केही कमजोरीको अनुभूति होला । आफन्तसुख मिल्नेछ ।

तुला – समय राम्रै छ । बोलीको प्रभाव बढ्नेछ, विभिन्न अवसरले पछ्याउनेछन् । मेहनत गर्दा प्रशस्त धन आर्जन हुने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्ला । कामको चापबाट फुर्सद मिलेको अनुभूति हुनेछ । साथ दिने मित्रजन भेटिनेछन् । दामपत्यसुख वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

वृश्चिक – सामर्थ्य बढ्नेछ र पनि आजको दिन अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । यसका बाबजुद दिगो योजना प्रारम्भ हुने समय छ । साझेदारीमा फाइदा होला । आम्दानी तथा आयआर्जनका स्रोत समेत बढ्ने योग छ । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन्, बोली र व्यवहारमा संयमता अपनाउनु हितकर होला । मान महत्व बढ्नेछ ।

धनु – अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । प्रयत्नका बाबजुद मौकाको फाइदा उठाउन कठिन पर्न सक्छ । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनुहोला । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – धन आर्जनको समय छ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । इर्ष्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन्, सचेत रहनुहोला । व्यस्तता बढ्नेछ । नियमकानूनले साथ दिनाले दायित्वलाई पूरा गर्नुहुनेछ ।

कुम्भ – पराक्रम वृद्धि हुने समय छ । रोकिएका काम बन्नुका साथै नयाँ काम सुरु गर्न सकिनेछ । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्यजीवन सुखमय बन्नेछ । स्वास्थ्यसम्बन्धी सामान्य समस्याको अनुभूति होला । सानातिना काममा अल्झिएर मुख्य काममा अवरोध पुग्न सक्ने योग छ, सचेत रही कर्म गर्नुहोला । पराक्रम वृद्धि हुनेछ । शुभता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । सामर्थ्य वृद्धि हुनेछ । काममा सफलता मिल्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – दैनिकीमा परिवर्तन आउने सम्भावना छ । अस्वस्थताले काममा ढिलासुस्ती होला । अस्वस्थताका बाबजुद कामको दायित्व भने बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुन सक्छ, तर अप्रिय समाचारले मन दुःखी तुल्याउला । तथापि, कुनैपनि समस्याको समाधान मिल्नेछ ।