आजको पञ्चाङ्ग एवम् राशिफल (६ माघ २०८० शनिबार, २० जनवरी २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (६ माघ २०८० शनिबार, २० जनवरी २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्री शाके १९४५ ने.सं. ११४४ शिशिर ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० माघ ६ गते इ.सं.२०२४ जनवरी २० तारिख शनिबार पौष शुक्ल पक्षको दशमी तिथि कृतिका नक्षत्र शुभ योग तैतिल करण आनन्दादिमा ध्वज योग चन्द्रमा मेष राशिमा १२ः५ बजेसम्म त्यसपछि वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५७ मा भयो र सूर्यास्त साँझ १७ः३३ मा हुनेछ ।

आजको राशिफल

मेष – सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने योग छ । शुभचिन्तकहरूको सुझावलाई कदर गर्नु आज विशेष हितकर होला । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । अरूले फसाउने र धनमाल हराउन सक्ने सम्भावना रहेकोले सचेत रहनुहोला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

वृष – आजको दिन सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । तर, समयमा होसियार बन्न नसक्दा काममा बाधा र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । पुराना समस्या दोहोरिन सक्छन् । धैर्यताका साथ काम गर्नु उचित हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । आरोग्यता रहनेछ । काममा आफन्तजनको सहयोग प्राप्त हुनेछ, परिवारिक सुख बढ्नेछ ।

मिथुन – लाभदायी दिन छ । नसोचेको ठाउबाट धनलाभ हुने देखिन्छ । विभिन्न अवसरले पछ्याउनेछन् । शुभ समाचार प्राप्त हुनेछ । ब्यापार–ब्यवसायमा पनि राम्रै लाभ हुने देखिन्छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका मिल्ला । सहयोगीहरूले राम्रो साथ दिनेछन् । मेहनत गर्दा राम्रै उपलब्धि हातलागी हुने समय भएकोले मौकाको लाभ उठाउने प्रयत्न गर्नुहोला ।

कर्कट – आजको दिन अरूको भरपर्दा काम बिग्रन सक्ने योग छ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्ने योग छ । दाम्पत्य सम्बन्ध सुमधुर रहला । कामको चापबाट फुर्सद पाइनेछ, तर आलस्य गर्ने बानीले समस्या निम्त्याउन सक्छ । मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । सार्वजनिक काममा आकर्षण बढ्नेछ । आफ्नै बलविवेकले काम राम्रो हुनेछ ।

सिंह – आज अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ला । स्वास्थ्यका लागि मसलाजन्य खानबाट आज विशेष सावधान रहनुहोला । भौतिक साधनको क्षतिले धन हानी हुने या खर्च बढ्ने देखिन्छ । काम पूरा नहुनाले मन खिन्न रहला । धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला । धर्मकर्ममा आकर्षण बढ्नेछ । विजयश्री प्राप्त होला ।

कन्या – दौडधुप बढ्नेछ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । केही प्रतिस्पर्धा हुने सम्भावना छ । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ । परिवारजनबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिने योग छ । सानातिना काममा अल्झिनुपर्ने देखिन्छ । दिनको उत्तरार्धमा अनुकूलता बढ्ला । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला – नयाँ काममा हात हाल्ने समय छ । सोखले खर्च बढाउन सक्छ । प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा हुनेछ । मौकाको फाइदा उठाउन खास नसकिएला । सवारीसाधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनुहोला । आज उत्तरार्धको समय विशेष ध्यान दिनु हितकर हुनेछ । रसरागको भाव वृद्धि होला ।

वृश्चिक – व्यावसायिक काममा खर्च बढे पनि लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ, सचेत रहनुहोला । विपरीतलिंगी वा शुभचिन्तकहरूले साथ दिनेछन् । साहस बढेर आउनेछ । रसरागमा रुचि बढ्ला । स्वास्थ्यमा सुधार आउनेछ । समयले साथ दिनेछ ।

धनु – स्वास्थ्यगत समस्याले सताउने देखिन्छ तर कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । प्रयत्न गर्दागर्दै पनि सफलता हात लाग्न कठिन होला । दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ । यात्रागत कार्यमा सफलता हातपर्नेछ । मिठो भोजन प्राप्त होला ।

मकर – रुचिका विषयमा लगानी बढाउने समय छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । तथापि, शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा–मामिलामा पनि विजयी भइनेछ । अनुकूलता र आरोग्यता वृद्धि हुनेछ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि हुनेछ ।

कुम्भ – शुभदायी समय छ । आम्दानी तथा आयआर्जनका स्रोत बढ्ला । व्यापारमा मनग्य फाइदा हुनेछ । विद्यामा कमजोरी र लेनदेनमा विवाद हुनेछ, विगतका समस्या बल्झिन सक्छन् । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । आजको दिन शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ । पराक्रम बढ्नेछ ।

मीन – पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । आँटेका काम तत्काल सम्पादन हुनेछन् । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ भने अतिथिका रूपमा कतै सम्मान समेत पाइएला । आजको दिन वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।