आजको पञ्चाङ्ग एवम् राशिफल (१० माघ २०८० बुधबार, २४ जनवरी २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१० माघ २०८० बुधबार, २४ जनवरी २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८० माघ १० गते तद्अनुसार सन् २०२४ जनवरी २४ तारिख बुधबार पौषशुक्लपक्ष चतुर्दशी तिथि पुनर्वसु नक्षत्र वैधृति योग गर करण आनन्दादिमा गद योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५६ मा र सूर्यास्त सांझ १७ः३६ बजे हुनेछ ।

आजको राशिफल

मेष – पराक्रम वृद्धि हुनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने समय छ । आज व्यापारमा राम्रै फाइदा हुनेछ । स्वास्थ्य सबल रहनेछ भने विभिन्न सहयोग र उपहार पाइने योग छ । भौतिक साधन जुट्नेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । आमोदप्रमोदको भाव पैदा होला ।

वृष – आजको दिन अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ला । काम पूरा नहुनाले मन खिन्न रहने सम्भावना छ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ, सचेत रहनुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन – प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्ने दिन भएपनि विगतका समस्या बल्झिन सक्छन् । तथापि, साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आजको दिन आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । चोरी वा ठगीमा परिने योग छ । अनावश्यक दौडधुपमा समय बित्न सक्छ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर होला । कमजोर भएको अनुभूति हुन सक्छ । सार्वजनिक काममा आकर्षण बढ्नेछ । कर्मबल वृद्धि होला । साथीभाइको सहयोग प्राप्त हुनेछ ।

सिंह – मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिने समय छ । आम्दानी बढ्नेछ परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । व्यापारलगायत आर्थिक लाभका काम हुनेछन् । आयबल बढ्नेछ । मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।

कन्या – दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । शत्रुहरू किनारा लाग्नेछन् । कर्मबल बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – भाग्यबल वृद्धि हुनेछ । यशवर्चश्व बढ्नेछ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ भने व्यापारमा पनि राम्रै फाइदा होला । कीर्तिमानी काम गर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिने योग भएकोले सचेत रहनुहोला । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । आजको दिन सवारीसाधन उपयोग गर्दा अलिक सावधानी अपनाउनु हितकर होला ।

वृश्चिक – समय उत्साहवर्द्धक रहला । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइलेखाइमा पनि प्रगति हुनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ भने गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । परिवारिक सुख बढ्नेछ । रोकिएको काम बन्ने योग छ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु – बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला । आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्यजीवन सुखमय रहनेछ ।

मकर – समय केही चुनौतीयुक्त छ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने समय छ । इर्ष्या गर्नेहरूले काममा अवरोध पैदा गर्न सक्छन्, सावधान रहनुहोला । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूका विषयमा चासो लिँदा झमेला आइपर्ला, सावधाान रहनु हितकर होला ।

कुम्भ – दिन खास अनुकुल नरहला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – व्यस्तता बढ्नेछ । महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछन् । सन्तान वा अनुयायीको सल्लाह र सहयोगले फाइदा हुनेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । साझेदारीको काम बन्नेछ ।