आजको पञ्चाङ्ग एवम् राशिफल (११ माघ २०८० बिहीबार, २५ जनवरी २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (११ माघ २०८० बिहीबार, २५ जनवरी २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ ने.सं. ११४४ शिशिर ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० माघ ११ गते इ.सं. २०२४ जनवरी २५ तारिख बिहीबार पौष शुक्ल पक्षको पूर्णिमा तिथि पुनर्वसु नक्षत्र ८ः१७ पर आर्द्रा नक्षत्र विषकुम्भ योग भद्रा करण आनन्दादिमा सिद्धि योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५६ मा भयो र सूर्यास्त साँझ १७ः३७ मा हुनेछ । पूर्णिमा व्रत, श्रीस्वस्थानीव्रत सुरु, माघस्नान सुरु ।

आजको राशिफल

मेष – व्यस्तता वृद्धि हुनेछ । रोकिएको काम फेरि प्रयास गर्दा सफलता मिल्ने समय छ । ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ । आजको दिन नयाँ योजना बन्नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ । स्थायी सम्पत्तिमा भने विवाद आउन सक्ने योग छ । धैर्यसाथ काममा जुट्नुहोला, मेहनत गर्दा सामान्य लाभ भइरहनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

वृष – पराक्रम वृद्धि हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुने योग । व्यवसायमा चाहिँ लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुन सक्छ । स्वास्थ्यमा सामान्य कमजोरी रहला । आफन्तबीच आत्मीयतामा कमी आउन सक्छ, सचेत रहनुहोला । यसका बाबजुद बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिने समय छ । आफन्तजनको सहयोग प्राप्त होला । परिवारिक सुख बढ्नेछ ।

मिथुन – दिगो आयस्रोत जुटाउन सकिने समय छ । नयाँ साथीभाइ बन्न सक्छन् । स्वास्थ्य भने केही कमजोर रहला । जिम्मेवारी चाहिँ बढिरहनेछ । अध्ययन-अध्यापनमा समय दिन नसकिएला । आर्थिक काम बन्नेछ । खेलकुद भ्रमणमा आकर्षण रहनेछ । वर्चश्व वृद्धि हुनेछ ।

कर्कट – विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । स्वास्थ्यगत समस्याले पनि सताउने योग छ । खेलकूद र भ्रमण आदिमा आकर्षण रहनेछ ।

सिंह – व्यावसायिक आम्दानी बढ्नेछ । पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । प्रशंसा र प्रेरणा दिनेहरू भेटिनेछन् । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । रमाइलो यात्रा गर्ने अवसर पनि जुट्न सक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइएला । रसरागमा आकर्षण बढ्नेछ । समयले साथ दिनेछ ।

कन्या – आजको दिन बोलीको कारणले केही समस्या उब्जिन सक्छ, तर सहयोगीहरूले समर्थन जनाउनेछन् । अध्ययन–अध्यापनमा समय दिन नसकिएला । लेनदेनको विवादले हानी गर्न सक्छ । पुराना समस्या दोहोरिन सक्ने योग छ । स्वादिष्ट भोजनको अवसर प्राप्त भए पनि स्वास्थ्यका लागि खानपानमा सचेत रहनु हितकर होला । समस्यामा उच्चाधिकारीको साथ मिल्ने योग छ ।

तुला – कर्मबल बढ्नेछ । स्वास्थ्य सामान्य कमजोर रहेपनि नाम, दाम र इनाम कमाउने समय छ । विस्तारै सोचेको काम बन्नेछ । सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । लगनशील बन्न नसक्दा आलोचनाको शिकार हुनुपर्ने योग छ । तपाईंका कमजोरीमाथि टीका-टिप्पणी हुन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

वृश्चिक – सुख बढेर आउनेछ । प्रतिष्ठित कामको जिम्मेवारी पाइने समय छ । तर सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने पनि देखिन्छ । अर्थ अभावले योजना स्थगित हुन सक्छ । भूमि वा पैत्रिक सम्पत्तिमा विवादको योग छ । कृषि कार्यमा हुनेका लागि समय केही प्रतिकुल भएपनि धनआर्जन हुने समय छ । समग्रमा समयले साथ दिनेछ ।

धनु – दौडधुप बढ्नेछ । व्यावसायिक काममा विभिन्न समस्या आउन सक्ने समय भएपनि इच्छाशक्ति एवं मेहनतले राम्रो फाइदा दिलाउनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ भने मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरू परास्त हुनेछन् । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

मकर – अनुकूलता बढ्नेछ । नयाँ व्यवसाय सुरु गर्ने तथा दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । तर, महत्वपूर्ण कुनै योजना सोचिरहनुभएको छ भने तत्काल शुरु नगर्नु हितकर हुनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने योग छ । आरोग्यता वृद्धि हुनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

कुम्भ – अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रसन्न रहनेछ । मेहनतले धेरैको विश्वास जित्न सकिएला । प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्नेछ । शुभचिन्तकहरूको सुझावलाई कदर गर्नु हितकर हुनेछ । रसरागमा आकर्षण रहला । मिठो भोजन प्राप्त हुनेछ ।

मीन – कर्ममा विश्वास गरेर अघि बढ्दा फाइदा हुने समय छ । आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । अर्थअभावले सताउने योग छ । विगतको श्रमबाट भने लाभ नै हुनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।