आजको पञ्चाङ्ग एवम् राशिफल (१२ माघ २०८० शुक्रबार, २६ जनवरी २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ माघ २०८० शुक्रबार, २६ जनवरी २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८० माघ १२ गते तद्अनुसार सन् २०२४ जनवरी २६ तारिख शुक्रबार माघकृष्णपक्ष प्रतिपदा तिथि तिष्य नक्षत्र प्रीति योग बालव करण आनन्दादिमा उत्पात योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५६ मा भयो र सूर्यास्त सांझ १७ः३८ बजे हुनेछ ।

आजको राशिफल

मेष – व्यस्तता वृद्धि हुनेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । सुखद समाचारले दिन उत्साहपूर्ण रहला । स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । कार्यसम्पादन गर्ने क्षमता बढ्नुका साथै परिवारजनका आवश्यकता पूरा हुनेछन् । खर्च सामान्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला ।

वृष – पराक्रम र शुभता बढ्नेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । तपाईंप्रति इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । व्यापार व्यवसायमा सामान्यमात्र फाइदा भए पनि पशुपालन तथा कृषि क्षेत्रबाट हुनेका लागि राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति होला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन, सचेत रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । परिवारिक सुख बढ्नेछ ।

मिथुन – टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने समय छ । तर दैनन्दिन काममा समस्या थपिन सक्ने योग छ । शत्रु र रोगबाट छुटकारा मिल्ला । स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान राख्नुहोला । छरछिमेकमा असमझदारी बढ्ने सम्भावना भएकाले होसियारीसाथ काम लिनुहोला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट – बुद्धिको उपयोगले प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ, तर इर्ष्यालु मन भएकाहरूले काम बिगार्न सक्छन् । बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्नेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका जुर्ला । चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि बनाउन सकिनेछ । सार्वजनिक काममा आकर्षण बढ्नेछ । कर्मबल बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – आजको दिन प्रयत्न गर्दा अप्ठ्यारा काम सम्पादन हुन सक्छन् । पहिलेको सफलताले उत्साह जगाउनेछ । बोलीको माध्यमले लाभ उठाउन सकिने योग छ । उपलब्धिले थप उत्साह जगाउला । भौतिक साधन जुट्नाले प्रशन्नता मिल्नेछ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । रसरागमा आकर्षण बढ्ला । सार्वजनिक कार्यक्रममा आकर्षण रहनेछ । आफन्त एवम् मित्रजनको साथ मिल्नेछ । ऐश्वर्व बढ्नेछ ।

कन्या – रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । पुरानो समस्याले केही झमेला आइलाग्ने सम्भावना छ । दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ । तथापि, प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । यात्रामा विशेष लाभ होला । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सकिनेछ । आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । व्यस्तता बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।

तुला – कर्मबल वृद्धि हुनेछ । प्रतिष्ठा, मान-सम्मान आदि पाइनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । तर, विश्वासमा पारेर झुक्याउनेहरूले सताउन सक्छन् । सहयोगी ठानिएकाहरूको भर नपर्नु हितकर होला । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । कार्य व्यपारमा सफलता प्राप्त होला ।

वृश्चिक – घरायसी काम बन्नेछन् । मेहनत एवं परिवारजनको सहयोगले लाभ उठाउन सकिनेछ । तर, केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइनेछ । सहयोगीहरूले पनि विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् । परिवारिक सुख बढ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।

धनु – दौडधुप बढ्नेछ । आयआर्जनका स्रोत फेलापर्नुका साथै व्यापारमा पनि राम्रै फाइदा हुने समय छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । साथ दिनेहरू बढ्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – कर्मबल र इच्छाशक्ति बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । यत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ, सचेत रहनुहोला । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्ने समय छ । व्यावसायिक काममा खर्च पनि बढ्ला । अर्थअभाव खट्किए पनि चिताएको काम सम्पादन गर्न भने सकिएला । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्ने योग छ । अन्ततः चुनौतीहरू हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । आरोग्यता रहनेछ ।

मीन – हिम्मतले काम बनाउन सकिने समय छ । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । तार्किक क्षमता एवं बोलीको प्रभाव बढ्नेछ । खर्च केही बढ्न सक्छ । आफ्नै प्रयासले लाभ मिल्नेछ । प्रतिस्पर्धी परास्त होलान् । प्रेमभाव बढ्नेछ । आफन्तको साथ मिल्नेछ । सुखविलास बढ्ला । समस्याको समाधान मिल्नेछ ।