आजको पञ्चाङ्ग एवम् राशिफल (१६ माघ २०८० मंगलबार, ३० जनवरी २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१६ माघ २०८० मंगलबार, ३० जनवरी २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

शाके १९४५ ने.सं. ११४४ शिशिर ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० माघ १६ गते इ.सं. २०२४ जनवरी ३० तारिख मंगलबार माघकृष्ण पक्षको पञ्चमी तिथि उत्तरा फाल्गुनी नक्षत्र अतिगण्ड योग कौलव करण आनन्दादिमा धारा योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५४ मा र सूर्यास्त साँझ १७ः४१ मा हुनेछ । शहीद दिवस ।

आजको राशिफल

मेष – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । तर, आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । आज बुद्धि भने अर्कौको लागि खर्चनुपर्ने योग छ । गोपनीयतामा ध्यान पु¥याउनुहोला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । विश्वासिला साथीभाइको साथ प्राप्त हुनेछ । यात्रामा सफल हुनेछ ।

वृष – नौलो प्रकृतिको काम शुभारम्भ गर्ने समय छ । बिनाप्रतिस्पर्धा धनलाभ होला । आर्थिक लाभ हुने दिगो काम प्रारम्भ हुन सक्छ । तर, बलजफ्ती नगर्नु हितकर होला । छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ । विभिन्न भौतिक साधन संग्रह गर्ने मौका जुर्ला । मिठो भोजन प्राप्त हुनेछ । परिवारिक सुख बढ्नेछ ।

मिथुन – व्यस्तता बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ । मन प्रफुल्ल हुनेछ । मनोकूलको काम बनेर मन प्रशन्न रहला ।

कर्कट – भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाइएला । हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । तथापि, बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धामा उत्रनुपर्ला । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । प्रेम र मित्रताको बन्धन कसिने योग छ । आरोग्यता रहनेछ । आफ्नै बल विवेकले काम बन्नेछ ।

सिंह – व्यावसायिक काममा खर्च बढ्ने दिन छ । तथापि, रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनुहोला । व्यवसायमा राम्रै फाइदा हुनेछ । स्वास्थ्यमा भने अलिक कमजोरी अनुभूति हुने योग छ । कर्मबल बढ्नेछ । रसरागमा आकर्षण रहला ।

कन्या – अवसरवादीहरूले झुक्याउन सक्ने समय छ । आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तपाईंको मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । घरेलु समस्याले सताए पनि प्रयत्न गर्दा विभिन्न काम सम्पादन हुनेछन् । मानसिकता दर्बिलो तुल्याउने प्रयत्न गर्नुहोला । शुभचिन्तकहरूले सहयोगका लागि तत्परता देखाउनेछन् । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला – प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । तपाईंको हिम्मतका कारण बिग्रन लागेको काम पनि बन्ला । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । कमजोरी लुकाउँदा पछि परिने सम्भावना छ । लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने मौका जुर्ला । रसरागमा आकर्षण बढ्नेछ ।

वृश्चिक – समय शुभदायी छ । आजको दिन चिताएको काममा सफलता मिल्ने देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाइएला । अतिथिका रूपमा सम्मान पाइने योग छ । शुभचिन्तकहरूले आफ्ना योजनामा साथ दिनेछन् । व्यवसायले यात्राको अवसर जुटाउन सक्छ । आरोग्यता रहनेछ । समयले साथ दिनेछ ।

धनु – शक्तिशाली व्यक्तित्वबाटै अवरोध हुने समय छ । आश्वासन दिनेहरूको भरपर्दा काम बिग्रन सक्छ । बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । इर्ष्या गर्नेले सताउन सक्छ । स्वास्थ्य पनि केही कमजोर रहला, तथापि कर्मबल बढ्नेछ । सकारात्मक काममा आकर्षण रहनेछ ।

मकर – अवसरवादीहरूले अप्ठ्यारोमा पार्न सक्ने समय भएपनि मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनेछ । दैनिकीमा परिवर्तन आउला । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ । धनमाल हराउन सक्ने योग रहेकोले विशेष सावधानी अपनाउनु हितकर होला ।

कुम्भ – विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । रोकिएका काम बन्नुका साथै विभिन्न अवसर समेत प्राप्त हुनेछन् । नसोचेको धनलाभ हुन सक्छ । तथापि, पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मीन – दिन शुभदायी छ । शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन् भने प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ । चिताएको काम पनि पूरा हुनुका साथै विभिन्न उपहार प्राप्त हुने समय छ । नयाँ काम प्रारम्भ हुनाले मनमा उत्साह बढ्नेछ । व्यापारमा राम्रै धनलाभ हुने योग छ । रसरागमा आकर्षण बढ्नेछ ।