आजको पञ्चाङ्ग एवम् राशिफल (१७ माघ २०८० बुधबार, ३१ जनवरी २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१७ माघ २०८० बुधबार, ३१ जनवरी २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८० माघ १७ गते तद्अनुसार सन् २०२४ जनवरी ३१ तारिख बुधबार माघकृष्णपक्ष पञ्चमी तिथि ८ः३४ पर षष्ठी तिथि हस्ता नक्षत्र सुकर्म योग गर करण आनन्दादिमा आनन्द योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५३ मा र सूर्यास्त साँझ १७ः४२ बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन व्यापारमा राम्रै फाइदा हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । अवसरवादीहरूले फसाउने चेष्टा गर्ने योगका कारण विशेष योजना गोप्य राख्नु हितकर होला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइन सक्छ, सचेत रहनुहोला । आरोग्यता र सामर्थ्य वृद्धि हुनेछ ।

वृष – पठनपाठनमा प्रगति हुने र रोकिएका काम पनि सम्पादन हुने दिन छ । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका जुट्न सक्छ । आज आश्वासन बाँड्नेहरूले झुक्याउन सक्ने योग रहेकोले अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पु¥याउनुहोला । कमजोरीले चिन्ता बधाउन सक्छ । यसका बाबजुद प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त होला । रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखका कारण उत्साह बढ्नेछ ।

मिथुन – व्यस्तता वृद्धि हुनेछ । आम्दानी राम्रैसँग बढ्ने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् । रचनात्मक कार्य प्रारम्भ गर्न सकिने छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । दाम्पत्य जीवन रमाइलो रहनेछ । समग्रमा दिन रमाइलो नै छ । पराक्रम वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त होला । यात्रागत कार्य सफल हुनेछ ।

कर्कट – चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने दिन छ । आतिथ्यपूर्ण सम्मान पाइएला । केही खर्च लागे पनि दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ । मेहनतले धेरैको मन लोभ्याउन सकिने छ र जीवनशैलीमा परिवर्तन आउन सक्छ । पराक्रम बढ्नेछ । सार्वजनिक काममा आकर्षण रहला । रोकिएको काम बन्नेछ । शत्रुपक्ष परास्त हुनेछ । रसरागमा आकर्षण बढ्ला ।

सिंह – प्रयास गर्दा टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिने समय छ । स्वास्थ्यका लागि आज खानपानमा विशेष सचेत रहनु हितकर होला । पहिलेका समस्या दोहोरिन सक्छन् । मुख्य काममा बाधा हुँदा मन खिन्न हुनेछ । परिस्थिति अप्ठ्यारो देखिए पनि केही काम भने बन्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

कन्या – विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउला । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । आयआर्जन पनि राम्रै हुने योग छ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । व्यस्तता बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।

तुला – बोलीको भरमा काम सम्पादन हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्न सकिएला । मान-सम्मान बढ्नेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । चुनौतीहरू स्वतः हट्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वास्थ्य भने सामान्य कमजोर रहन सक्छ । लगानी वृद्धि हुने योग छ ।

वृश्चिक – कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । नयाँ काममा केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । पढाइलेखाइमा भने समय दिन नसकिएला । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनु हितकर होला । आरोग्यता बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु – विगतका कमी-कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ । आजको दिन धन आर्जन हुने योग छ । विछोडिएका परिवारजनसँग भेटघाट होला । कर्मबल बढ्नेछ । मिठो भोजन प्राप्त होला । भ्रमण कार्यमा आकर्षण बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – आजको दिन सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिनेछन् । सवारीसाधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनुहोला । लेनदेनको विवादले पनि अप्ठ्यारो पर्न सक्छ, सचेत रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । चुनौतीका बाबजुद दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – दिन शुभदायी छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् भने प्रशंसकहरू बढ्नेछन् । कामले अरूको मन लोभ्याउँदै इनाम र प्रतिष्ठा कमाउने योग छ । सहयोगीहरू जुटिदिनाले आँटेका कामहरू पनि सजिलै बन्नेछन् । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – आम्दानीका नयाँ स्रोत फेला पर्ने समय छ । श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट राम्रै लाभ हुनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउला । सामाजिक कामको दायित्व बढ्नेछ । अरूलाई प्रभावित पारेर काम लिन सकिने योग छ । आरोग्यता र दाम्पत्य सुख बढ्नेछ । वार्ता सफल भइ समस्याको समाधान मिल्नेछ ।