आजको पञ्चाङ्ग एवम् राशिफल (२२ माघ २०८० सोमबार, ५ फरवरी २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२२ माघ २०८० सोमबार, ५ फरवरी २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्री शाके १९४५ ने.सं. ११४४ शिशिर ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० माघ २२ गते इ.सं. २०२४ फरवरी ५ तारिख सोमबार माघकृष्ण पक्षको दशमी तिथि ज्येष्ठा नक्षत्र ध्रुव योग १ः९ पर व्याघात योग बब करण आनन्दादिमा पद्म योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५१ मा भयो र सूर्यास्त साँझ १७ः४६ मा हुनेछ ।

आजको राशिफल

मेष – दौडधुप र जोखिम वृद्धि हुनेछ । मौका मिलेपनि हातबाट अवसर गुम्न सक्ने सम्भावना रहेकोले आजको दिन विशेष सचेतनाको जरुरत छ । तपाईंका कमजोरीप्रति आफन्तजनले टिप्पणी गर्लान् । ध्यान दिएर काम गर्नुहोला । मेहनत गर्दा अवसर भने पाइनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ, समय चिनेर कर्म गर्ने प्रयत्न गर्नुहोला । मित्रजनको साथ प्राप्त हुनेछ ।

वृष – दिन शुभदायी छ । कीर्तिमानी काम सम्पादन गर्न सकिने समय छ । नयाँ काममा हात हाल्ने समय आएको छ । आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्ला । विद्या र मान प्राप्त हुने समय छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । परिवारिक सुख बढ्नेछ । रोकिएको काम बन्नेछ । आरोग्यता रहला ।

मिथुन – उच्च महत्वाकांक्षा र आत्मविश्वासले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन् । आजको दिन साथीभाइबाट फाइदा उठाउन सकिएला । खर्च लागे पनि चिताएको काम बन्नेछ भने व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । खुट्टा तान्न चाहनेले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ । गुमेको प्रतिष्ठा फिर्ता हुनसक्ने समय छ । आरोग्यता, बौद्धिकता र रचनात्मकता बढ्नेछ । सुखशान्ति प्राप्त हुनेछ ।

कर्कट – खर्च बढ्ने र आर्थिक अभावले सताउन सक्ने मय छ । तथापि, विपरीतलिंगी वा कतिपय हितैषी मित्रले साथ दिनेछन् । प्रयत्नका बाबजुद अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा खिन्नता महसूस हुन सक्छ । स्वास्थ्य सामान्य कमजोर रहला, तर अस्वस्थताका बीच कामको बोझ बढ्ने योग छ । आज कुनै अवसर प्राप्त भए पनि सकारात्मक परिणाम हातपार्न मुस्किल पर्ला । गोपनीयतामा विशेष ध्यान दिनु हितकर हुनेछ ।

सिंह – आफूले मानेका या महत्वपूर्ण व्यक्तित्वबाट धोका हुनसक्ने समय छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । आजको दिन स्वास्थ्यको लागि खानपानमा विशेष सजक रहनु हितकर होला । प्रेमको प्रस्ताव प्राप्त हुनसक्ने योग छ । महत्वपूर्ण काममा आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ । आजको दिन ब्यस्तता बढ्नेछ, खर्च पनि वृद्धि हुन सक्छ । रसरागमा आकर्षण रहला ।

कन्या – कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुने दिन छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । विशेष उपहार हातलागी हुने योग छ । भोगविलासमा मन रमाउनेछ । नयाँ काममा हात हाल्ने समय आएको छ । पढाइमा पनि प्रगति होला । आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । पराक्रम वृद्धि हुनेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला – प्रेम र मित्रताको बन्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । विपरीतलिंगी मित्रको माध्यमबाट लाभ होला । रोकिएका काममा फेरि प्रयत्न गर्दा सफलता मिल्नेछ । परिवारिक भेटघाटले आनन्द मिल्नेछ । साथीभाइले काममा सहयोग दिनेछन् । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

वृश्चिक – दिन केही चुनौतीले भरिएको छ । धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना छ । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउन सक्छ । विशेष अवसर प्राप्त भए पनि इर्ष्या गर्नेहरूले दुःख दिनेछन् । आफ्नाबाटै धोका पाइनेछ । अनायसै खर्च पनि हुन सक्छ । काममा अवरोध आउनाले मन खिन्न रहला । धैर्य राखी कर्ममा लागिपर्नु हितकर होला ।

धनु – लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने समय छ । आजको दिन ठूला ब्यक्तिहरुबाट मानसम्मान प्राप्त होला । मिष्ठान्न भोजन प्राप्त होला । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिने योग छ । रसरागका क्रियाकलापमा आकर्षण रहनेछ ।

मकर – विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइने समय भएपनि आजको दिन परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ । ब्यापार व्यवसायमा भने लाभ नै मिल्नेछ । काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन्, तथापि दिगो आम्दानी हुने काम सुरु हुने योग छ । सामर्थ्य विकसित हुनेछ ।

कुम्भ – यात्रा र सवारी साधन उपयोग गर्दा पनि अलिक सावधानी अपनाउनुपर्ने समय छ । पढाइलेखाइमा पनि आज खासै राम्रो छैन । आर्थिक अभावले सताउन सक्छ । अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउला । तथापि कर्मबल बढ्नेछ । सार्वजनिक कार्यक्रममा आकर्षण जाग्नेछ । मित्रजनको साथ मिल्नेछ । सन्तानसुख बढ्नेछ ।

मीन – जिम्मेवारीका काम समयमा सम्पादन गर्न कठिनाइ पर्ने समय छ । सोचेको काम समयमा नबन्नाले दुःख पाइनेछ । स्वास्थ्यसम्बन्धी समस्याले अलिक सताउन सक्छ । भोजभतेरको निम्तो आए पनि नियमित कामकै चिन्ताले सताउन सक्छ । परिस्थिति अलिक संघर्षमय रहला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण वृद्धि होला ।