आजको पञ्चाङ्ग एवम् राशिफल (२३ माघ २०८० मंगलबार, ६ फरवरी २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२३ माघ २०८० मंगलबार, ६ फरवरी २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १०४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८० माघ २३ गते तद्अनुसार सन् २०२४ फरवरी ६ तारीख मंगलबार माघकृष्णपक्ष एकादशी तिथि मूल नक्षत्र हर्षण योग कौलव करण आनन्दादिमा छत्र योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५० मा भयो र सूर्यास्त सांझ १७ः४७ बजे हुनेछ । षट्तिला एकादशी ।

आजको राशिफल

मेष – अरूका काममा महत्वपूर्ण समय बित्ने एवम् व्यावसायिक काममा खर्च बढ्ने समय छ । तथापि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्नै रहला, तर आजको दिन खास अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि सोचविचार गर्नु हितकर हुनेछ । आफन्त र साथीभाइबाट हौसला मिल्ने योग छ । आमोदप्रमोदको परिवेश रहला ।

वृष – दौडधुप बढेपनि कतै अतिथिका रूपमा सम्मान प्राप्त हुनसक्ने दिन छ । आज आयआर्जन पनि राम्रै हुने देखिन्छ । तर स्वास्थ्यप्रति विशेष ध्यान पु¥याउनु उचित हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदा होला । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । यात्रा सुखद रहला । मनोरन्जनमा समय ब्यतीत भएर जाने दिन छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।

मिथुन – वित्तादि लाभ हुने समय छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिँदै आएको काममा थप जाँगर पलाएर आउने छ भने ब्यापार ब्यावसायमा पनि फाइदा नै होला । पढाइलेखाइमा भने समय दिन नसकिएला । आजको दिन सहयोगीहरूको ज्यादा भर नपर्नु नै उचित हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट – समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । छरछिमेकमा झैझगडा तथा विवाद पर्नसक्ने योग रहेकोले आज विशेष सावधानीका साथ बोली र व्यवहार गर्नुहोला । स्वास्थ्य सामान्य कमजोर रहला । श्रमको उचित मूल्याङ्कन नहुन सक्छ । आम्दानीमा बाधा पुग्ने देखिन्छ । धैर्य राख्नुहोला ।

सिंह – व्यापार ब्यावसायमा सोचेभन्दा बढी नै फाइदा हुने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । काम बिग्रने डरले चाहिँ कता–कता सताइरहन सक्छ । बेसुरमा वचन दिनाले दुःख पाइएला । मानसम्मानमा पनि ठेस पुग्ने देखिन्छ, होसियार रहनु उचित हुनेछ । सानातिना काममा समय बित्ने योग रहेको छ ।

कन्या – आजको दिन सजिलै काम बन्नाले उत्साह जाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ । परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । समय शुभदायी र उल्लासमय रहला । कार्यगति बढ्नेछ ।

तुला – काममा परिवारजनको साथले नयाँ आशा पलाउनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्, तर महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला, रोकिएका काम पनि सम्पादन हुनेछन् ।

वृश्चिक– समय केही चुनौतीयुक्त रहला । मुख्य काममा बाधा हुने देखिन्छ भने सानातिना काममै अल्झनुपर्दा मन खिन्न हुन सक्छ । भौतिक साधनप्रति पनि आज पूरै भर पर्ने अवस्था छैन, सवारीसाधन, हातहतियारको प्रयोगमा विशेष सावधानी अपनाउनुहोला । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । आँटेको काम समयमा पूरा नहुँदा खिन्नता बढ्नेछ । धेरै मिहेनतबाट कममात्र प्रतिफल मिल्ने योग छ ।

धनु – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । तर, समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले मित्रजन टाढिन सक्छन्, होसियार रहनुहोस् । सहयोगीहरूले राम्रै साथ दिनेछन् । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग पनि छ । तथापि, काम बिग्रने डरले सताउन सक्छ ।

मकर– लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा होला । आयआर्जनका स्रोत बढ्नेछन् भने नसोचेको ठाउँबाट धन आर्जन हुने देखिन्छ । अरूका विषयमा चासो लिँदा विवादमा परिने योग छ । अनावश्यक खर्चको भार पर्न सक्छ, सावधानीपूर्वक मितव्ययी बनेर व्यवहार गर्नु हितकर हुनेछ ।

कुम्भ– सहयोगको आशा देखाउनेहरूबाट धोका पाइने सम्भावना छ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । स्वास्थ्य पनि सवल नरहन सक्छ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्, सचेत रहनुहोला। । नगरेका गल्तीको सजाय भोग्नुपर्ने ययोग छ ।

मीन – आजको दिन लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । स्वास्थ्यसम्बन्धी पुरानो समस्या दोहोरिन सक्छ, सचेत रहनुहोला । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने योग छ । सवारी साधनको प्रयोगमा पनि विशेष सावधानी अपनाउनुहोला । आश्वासन दिनेले झुक्याउन सक्छन् । व्यावसायिक काममा समस्या आउन सक्छ ।