आजको पञ्चाङ्ग एवम् राशिफल (२४ माघ २०८०) बुधबार, ७ फरवरी २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ माघ २०८०) बुधबार, ७ फरवरी २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ ने.सं. ११४४ शिशिर ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० माघ २४ गते इ.सं. २०२४ फरवरी ७ तारिख बुधबार माघकृष्ण पक्षको द्वादशी तिथि पूर्वाषाढ़ा नक्षत्र वज्र योग गर करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५० मा भयो र सूर्यास्त साँझ १७ः४७ मा हुनेछ । प्रदोष व्रत ।

आजको राशिफल

मेष– रोकिएका घरेलु कामकाज बिस्तारै बन्ने समय छ । महत्वाकांक्षी योजना छन् भने गोप्य राखेर काम अघि बढाउनु हितकर हुनेछ । कुनै विषयमा दोधारको अवस्था सिर्जना हुनसक्छ, पारिवारिक सहयोग प्राप्त हुनेछ । आत्मीयजनसँग भेटघाट होला । स्वास्थ्य केही कमजोर रहेको अनुभूति हुनेछ । आफ्ना कमी-कमजोरी सुधार गर्ने अवसर मिल्ला । आशा उत्साह बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

वृष – जोखिम बढ्ने समय छ । आजको दिन अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । सकारात्मक भावले अभिव्यक्ति दिएपनि बोलीको विपरीत अर्थ लाग्न सक्छ, त्यसैले बोली र व्यवहारमा संयमता अपनाउनुहोला । नयाँ कामको प्रस्ताव आउने समय छ भने सहयोगीहरू पनि भेटिनेछन् । धनआर्जनको दृष्टिले उत्तम समय छ । तथापि, भौतिक साधनले धोका दिन सक्छ, सावधान रहनुहोला । आफन्तजनको सहयोग प्राप्त होला ।

मिथुन– विगतको सफलताले थप काम गर्न हौसला मिल्नुका साथै नयाँ कामको प्रस्ताव आउने समय छ । तपाईंलाई अभिप्रेरित गर्नेहरू भेटिनेछन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ भने नयाँ ज्ञान प्राप्त होला । विवेकयुक्त व्यवहार र बोलीले धेरैको मन जित्नुका साथै महत्वपूर्ण अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्ने योग छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट – दीगो लाभका लागि रचनात्मक काम सुरु गर्ने समय छ । आज रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पनि पाइएला । अध्ययन तथा अध्यापनमा प्रगति हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउला । कृषि क्षेत्रबाट लाभ मिल्ने योग छ । आरोग्यता रहला । आफ्नै बल-विवेकले काम राम्रो हुने योग छ ।

सिंह – दिन केही चुनौतीयुक्त रहला । नसोचेको विषयमा झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्ने योग छ । तथापि, धैर्य राखी मेहनत गर्दा असफलता हात लाग्ने छैन । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ । खर्चको मात्रा सामान्यरूपले बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ला । समयले साथ दिनेछ । व्यस्तता बढ्नेछ ।

कन्या – आजको दिन जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिएला । तर, सहयोगीहरूले हात झिक्नाले केही समस्या आइपर्ने देखिन्छ, सावधान रहनु हितकर होला । अध्ययन तथा अध्यापमा प्रगति हुनेछ भने चिताएको काम सम्पादन होला । कमी-कमजोरी सुधार्न चाहनेका लागि उपयुक्त समय छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्ला । उच्चाधिकारीको साथ प्राप्त हुनेछ ।

तुला – समय शुभदायी छ । प्रशंसकहरू बढ्नेछन् भने बोली र व्यवहारले धेरैलाई आकर्षण गर्न सकिएला । सहयोगीहरूले काममा साथ दिनेछन् । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । नयाँ काम गर्ने अवसर प्राप्त हुनुका साथै रमाइलो जमघटको अवसर प्राप्त हुने देखिन्छ । अनुकूलता वृद्घि हुनेछ । स्वास्थ्यमा सुधारका साथै रसरागमा आकर्षण रहला ।

वृश्चिक – मिश्रित फलदायी समय छ । परिवारमा असमझदारी बढ्न सक्छ तर मानसिकरूपले उल्लसित रहनुहुनेछ । सहयोगीजनले साथ नदिएको अनुभूति होला । धैर्य र विवेक राखी व्यवहार गर्नु हितकर हुनेछ । मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाकै योग छ । तपाईंको परिश्रमले सम्मानित स्थान दिलाउने योग छ । नचिताएको ठाउँबाट धन आर्जन हुनाले मन हर्षित होला । रसरागको भाव वृद्धि हुनेछ । अन्ततः समयले साथ दिनेछ ।

धनु – कामले धेरैको मन लोभ्याउन सकिने समय भएपनि आजको दिन आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ तर चोरी वा ठगीमा परिने समय भएकोले विशेष सजगताको खाँचो छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ भने अरूलाई प्रभावित पारेर लाभ उठाउन सकिने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ होला । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

मकर – प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिने समय छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिएला । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ । आर्थिक पक्ष पनि सुदृढ बन्ला । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुने योग छ । आफन्तजनको सहयोग प्राप्त हुनेछ ।

कुम्भ – कर्मबल बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिने समय छ । हाँसखेल र मनोरञ्जनमा दिन बित्न सक्छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । पारिवारिक सुख मिल्नुका साथै अध्ययन तथा अध्यापनको क्षेत्रमा प्रगति होला । सहयोगीहरूले साथ दिनेछन् भने काममा सोचेजस्तै सफलता मिल्ने योग छ । कृषिकर्मले पनि लाभ दिलाउने योग छ ।

मीन – मिश्रित फलदायी समय छ । अनावश्यक दौडधुपमा समय बित्ला । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइनेछ । कामको सिलसिलामा यात्रा हुने योग छ, तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ । तथापि, बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । प्रेमभाव वृद्धिका साथै रसरागमा आकर्षण रहला ।