आजको पञ्चाङ्ग एवम् राशिफल (२६ माघ २०८० शुक्रबार, ९ फरवरी २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२६ माघ २०८० शुक्रबार, ९ फरवरी २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ ने.सं. ११४४ शिशिर ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० माघ २६ गते इ.सं. २०२४ फरवरी ९ तारिख शुक्रबार माघकृष्ण पक्षको चतुर्दशी तिथि ७ः३४ पर अमावश्या तिथि श्रवण नक्षत्र व्यतिपात योग चतुष्पाद करण आनन्दादिमा धूम्र योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४८ मा भयो र सूर्यास्त साँझ १७ः४९ मा हुनेछ । दर्शश्राद्ध, हलो तथा निशि बार्ने, आर्यघाटमा माधवनारायण मेला, परासी त्रिवेणीमेला ।

आजको राशिफल

मेष – आजको दिन खासै उत्साहवर्द्धक नरहन सक्छ । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ भने सहयोगीहरूको साथ पाएर पनि काम अधुरै रहनसक्ने योग छ । मिहेनतअनुसारको उपलब्धी हासिल नहुँदा समय ब्यर्थ नाश भएको अनुभूति होला । सामान्य खर्च पनि वृद्धि हुने देखिन्छ । तथापि, पराक्रममा कमी आउने छैन । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

वृष – आज स्वास्थ्यगत दृष्टिले केही कमजोरी महसूस हुनेछ । आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ । सोचेकोे काम समयमै सम्पन्न हुन मस्किल पर्ने देखिन्छ । अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला । आज कुनै कामविशेषले यात्राको योजना बनाउनुभएको छ भने योजना थाती राख्नु उत्तम ठहरिने छ । उत्तरार्द्धमा सुखको अनुभव हुने समय छ । प्रेमभाव वृद्धि हुनेछ

मिथुन – ब्यस्तता वृद्धि होला । धार्मिक तथा आध्यात्मिक रुचि बढ्नेछ । आफन्तजनसँगकोे भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ । परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने समान्य कमजोरी अनुभव होला । खर्च भन्दा कमाई नै बढी हुनेछ । अध्ययन तथा अध्यापनमा पनि राम्रै प्रगति हुनेछ । मिठो भोजन प्राप्त हुनेछ भने यशवर्चश्व वृद्धि हुनेछ । मनोकूलको काम बनेर मन प्रशन्न रहला ।

कर्कट – पारिवारिक सुख मिल्ने दिन । दुःखमा साथ दिनेहरू भेटिनेछन् । ब्यापार–व्यवसायमा पनि फाइदाकै योग छ । आर्थिकलाभ होला । विपरीतलिङ्गीको हौसलाले उत्साह जागृत हुने समय छ । आरोग्यता र दाम्पत्य सुख बढ्नेछ । आफ्नै बल विवेकले काम बन्ने समय छ ।

सिंह – आजको दिन कार्यमा अवरोध सिर्जना गर्नेहरू सक्रिय रहन सक्नेछन् भने विश्वास गरेकाले धोका दिने योग छ । पूर्वर्द्ध काम बन्नेछ भने उत्तरार्द्ध सामान्य तनाव बढ्न सक्छ । मित्रजनहरूसँग असमझदारी बढ्न सक्छ । मुद्दा मामिलाको योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । पमहत्वपूर्ण कार्यमा बाधाको सामना गर्नुपर्ने सम्भावनाका कारण विशेष कार्य थाती राखेकै बेस । रसरागमा आकर्षण रहनेछ ।

कन्या – आजको दिन आर्थिक लाभ हुने तथा मान सम्मान मिल्ने देखिन्छ । स्वास्थ्यका दृष्टिकोणले समेत राम्रो समय छ । नोकरीमा केही झमेला ब्यहोर्नु पर्ला, तर अन्ततः समस्याको समाधान मिल्नेछ । आरोग्यता एवम् प्रेमभाव वृद्धि हुनेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला – व्यस्तता बढ्नेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने समय छ । काम बन्नाले मन रमाृउला । आर्थिक लाभ हुने तथा फलिफापको दिन छ । पशुधनबाट राम्रै फाइदा हुने देखिन्छ । काम बन्नाले सुखको अनुभूति होला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

वृश्चिक – पराक्रम वृद्धि हुनेछ । उत्साहवर्द्धक समय छ । व्यापार क्षेत्रमा भएकाले राम्रै आम्दानी गर्न सक्नेछन् । नसोचेको काम अप्रत्यासित रूपमा बन्न सक्ने योग छ । प्रियजनसँग भेटघाट होला । काम बन्नाले सुखको अनुभव हुनेछ । अनेक किसिमका फाइदा हुने योग छ । नोकरीमा भने दिन सामान्य रहला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा रुचि बढ्नेछ । समयले साथ दिनेछ ।

धनु – दिन केही चुनौयुक्त छ । स्वास्थ्यका लागि खानपानमा विशेष सतर्क रहनुहोला । अनावश्यक झमेलाबाट बच्ने प्रयत्न गर्नुहोला । यात्रागत कार्यमा पनि विशेष सावधानीको दरकार छ । महत्वपूर्ण कार्य वा योजना स्थगित गर्नु हितकर हुनेछ । रसरागको भाव वृद्धि होला । मिठो भोजन प्राप्त हुने योग छ ।

मकर – आरोग्यबल बढ्नेछ भने अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । कतैबाट सुखद खबर सुन्न पाइएला । बोली र व्यवहारले धेरैलाई आकर्षण गर्ने समय छ । परोपकारका काममा मन जानेछ । आर्थिकलाभको योग छ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि होला । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कुम्भ – शुभदायी समय छ । सुखद यात्रा र आयआर्जन हुने दिन छ । आश मारेको धन उठेर मनमा कता–कता हर्ष छाउने योग छ । अनौठो तरिकाले कमाइ भइ मन खुशी बन्ला । टाढाको यात्राको पनि योग रहेको छ । फलिफापको समय छ । रसरागमा आकर्षण बढ्नेछ । अनुकूलता बढ्नेछ । मित्रजनको साथ मिल्नेछ ।

मीन – आयबल बढ्ने समय छ । घरमा पाहुना आगमन होला । रमाइलो यात्राको योग छ, तर टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ । केही सुख केही अवसादको अनुभूति होला । आर्थिक कर्ममा आकर्षण बढ्नेछ । मित्रजन एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।