आजको पञ्चाङ्ग एवम् राशिफल (२८ माघ २०८०) आइतबार, ११ फरवरी २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ माघ २०८०) आइतबार, ११ फरवरी २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ ने.सं. ११४४ शिशिर ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० माघ २८ गते इ.सं. २०२४ फरवरी ११ तारिख आइतबार माघ शुक्ल पक्षको द्वितीया तिथि शतभिषा नक्षत्र परिघ योग बालव करण आनन्दादिमा राक्षस योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४७ मा भयो र सूर्यास्त साँझ १७ः५१ बजे हुनेछ ।

आजको राशिफल

मेष – मेहनत खेर नजाने समय छ । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । व्यवसायका लागि यात्रा हुन सक्छ । दाम्पत्य जीवन सुखद रहनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । धनबल वृद्धि र मिठो भोजन प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ ।

वृष – मिश्रित फलदायी दिन छ । अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । तर, सहयोगीहरूले हात झिक्नाले केही समस्या आइपर्न सक्छ । खर्चको योग छ । स्वास्थ्य पनि त्यत्ति सवल नरहला । कर्मबल भने बढ्नेछ । आफन्तजनको सहयोग रहला ।

मिथुन– भाग्यबल बढ्नेछ । उत्साहजनक समाचारले हर्ष बढ्ला । तर लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य प्राप्तिका लागि विशेष मिहेनत गर्नुपर्नेछ । रसरागको भाव वृद्धि होला । मित्रजनले साथ दिनाले आत्मविश्वास बढ्नेछ । मान महत्व र सुखशान्ति प्राप्त हुने योग छ ।

कर्कट – जोखिम बढेपनि सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ भने आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्नु उचित होला । मिठो भोजन प्राप्त हुनेछ । खेलकूद, भ्रमण आदिमा आकर्षण रहनेछ ।

सिंह – दिन शुभदायी छ । तार्किक क्षमता बढ्नेछ । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा लाभ होला । विभिन्न अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव बढ्नेछ । धनलाभको योग छ । दामपत्य सुख र आरोग्यता रहला । रसरागमा आकर्षण बढ्नेछ । विजयश्री प्राप्त हुनेछ ।

कन्या – बन्न लागेको काम पनि अचानक बिग्रन सक्छ । विश्वास गरिएका साथीभाइबाटै धोका होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । आजको दिन गोपनीयतामा ध्यान दिँदै सचेत रहनु हितकर होला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही चिसोपनो अनुभूति हुनेछ ।

तुला – दिन शुभदायी छ । कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसरले पछ्याउलान् । तर, नयाँ कामको सुरुवात खासै राम्रो छैन, ध्यान राख्नुहोला । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन । प्रेमभाव तथा रसरागमा आकर्षण बढ्नेछ । व्यस्ततामा दिन बित्ला ।

वृश्चिक – व्यस्तता वृद्धि हुनेछ । सामाजिक काममा रुचि बढ्ला । तपाईंको कामबाट धेरैलाई फाइदा पुग्न सक्ने समय छ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहला । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा रुचि बढ्नेछ । शुभ समाचार प्राप्त हुने योग छ । समयले साथ दिनेछ ।

धनु – विशेष योजनाहरू बन्नेछन् भने एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । विद्यार्थी वर्गमा पर्नुहुन्छ भने पढाइमा प्रगति हुनेछ । आत्मीयजनसँग भेटघाट होला । साजसज्जा, वागबगैंचासम्बन्धी काममा मन आकर्षित होला । मिठो भोजनको योग पनि छ । रसरागको भाव वृद्धि होला ।

मकर – समय खासै शुभदायी नभएकोले नयाँ काममा हात हाल्न केही समय पर्खंनु उचित होला । गर्दै आएको कामलाई निरन्तरता दिन सकिनेछ । पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सावधानीका साथ व्यवहार गर्नुहोला । केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कुम्भ – समय शुभदायी छ । पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । आकर्षक बोली र व्यवहारको माध्यमबाट अवसर हातपार्न सकिनेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । आरोग्यता बढ्नेछ । आनन्दमा वृद्धि हुनेछ । रसरागमा आकर्षण रहनेछ ।

मीन – मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ । प्राकृतिक पर्यावरणमा रमाउने दिन छ । व्यापारमा पनि फाइदै हुनेछ । समग्रमा दिन राम्रै छ । विलासी कर्ममा आकर्षण बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।