आजको पञ्चाङ्ग एवम् राशिफल (४ फागुन २०८० शुक्रबार, १६ फरवरी २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ फागुन २०८० शुक्रबार, १६ फरवरी २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८० फाल्गुण ४ गते तद्अनुसार सन् २०२४ फरवरी १६ तारिख शुक्रबार माघ शुक्लपक्ष सप्तमी तिथि भरणी नक्षत्र ब्रह्मा योग भद्रा करण आनन्दादिमा मुद्गर योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४३ मा र सूर्यास्त सांझ १७ः५४ बजे हुनेछ । अचलासप्तमी, रथसप्तमी, लगलाचुयके ।

आजको राशिफल

मेष – आजको दिन तपाईंको लागि त्यति उत्साहजनक नरहला । अल्छीपनले सताउनुका साथै स्वास्थ्य पनि कमजोर भएको अनुभूति हुनेछ । सवल स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनु हितकर हुनेछ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । मिठो भोजन प्राप्त हुनेछ ।

वृष – परिश्रमअनुसार राम्रै उपलब्धि पाइने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छ । आज तपाईंको बुद्घि–विवेकको सही प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ भने आज कसैबाट समर्थन एवम् धन पाइने सम्भावना छ । आय बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । मित्रजनको साथ प्राप्त होला ।

मिथुन – आजको दिन शुभदायी छ । कर्मबल बढ्नेछ । चिताएको काममा सफलता पाइनेछ भने धनलाभको पनि योग छ । पुराना साथीसँगको भेटघाटले मन रमाउने छ । आज तपाईंलाई अनौठो तरिकाबाट आर्थिकलाभ हुन सक्छ । परिवारबाट सुखको अनुभूति पनि मिल्ला । शत्रुमाथि विजय प्राप्त हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – सामाजिक सम्मान भने पाउने समय छ, तर स्वास्थ्यसम्बन्धी सामान्य समस्याले सताउला । यात्राको योग रहेको दिन छ । रमणीय र सुखद यात्रा होला । मनोरञ्जनका क्रममा दिन बित्नेछ । भाग्यबल बढ्नेछ । सार्वजनिक काममा आकर्षण बढ्नेछ । कर्मबल बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – आजको दिन आर्थिक पक्ष खासै राम्रो छैन । नसोचेको र बेकारको काममा खर्च हुन सक्छ । सामान्य रोगले सताउला, सावधान रहनु हितकर हुनेछ । आर्थिक अभाव देखापर्न सक्छ । प्रेमभाव भने बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – आजको दिन मिश्रित फलदायी रहला । बिहानीपख सुखको अनुभव होला तर पछिल्लो प्रहर काम गर्नमा मन नलाग्नसक्ने योग छ । तथापि, आश मारेको काम पनि अथक प्रयासमा बन्ने सम्भावना छ । आफन्तको सहयोग प्राप्त होला । विशेष आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल रहला । कार्यगति बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – नचिताएको ठाउँबाट आम्दानी हुने दिन छ । आम्दानीका प्रशस्तै बाटाहरु ख्ुाल्ने योग हुनुका साथै ब्यापार–ब्यवसायमा राम्रै आम्दानी होला । उपलब्धीमूलक एवम् रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुने समय छ । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – परिवारमा आर्थिक समस्याले सताउन सक्ने दिन भएपनि कुनै नयाँ कामको थालनी गर्नु हितकर हुनेछ । नयाँ कामसम्बन्धी योजना बनाउँदा राम्रै हुनसक्छ । काममा जाँगर चल्नुका साथै धनलाभ पनि होला । सन्तानपक्षबाट सुखको अनुभुति हुनेछ । आरोग्यता वृद्धि हुनेछ । पराक्रम बढ्नेछ ।

धनु – आज अनावश्यक डरले सताउन सक्छ । जोसुकैप्रति विश्वास गर्नु घातक हुन सक्छ, सतर्क रहनु हितकर होला । कसैसँग हल्का मनमुटाव हुन सक्छ । समयमा निर्णय नहुँदा काममा अवरोध आउने र चिन्ता बढ्ने योग छ । स्वास्थ्यसम्बन्धी सामान्य समस्या पर्न सक्छ । रसरागको भाव बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मकर – धन मान पाउने योग छ । नोकरी तथा राजनीतिमा बर्चस्व बढाउन सकिने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । कसैबाट आदर पाउने योग छ । तथापि, जागिरमा खासै मन नजाला । व्यस्तता बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – दिन शुभदायी छ । आज सोचेका काम पूरा भइ सुखको अनुभव होला । आर्थिक कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्यजीवन सुखद रहला । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । कृषिकार्यबाट पनि फाइदा लिन सकिन्छ । मान-महत्व बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – कतै अतिथिका रूपमा सम्मान पाइने समय छ । नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ, तर परिवारमा भने सामान्य विवाद होला । आकस्मिक निम्तोमा सहभागी हुनुपर्ने योग छ । आजको दिन स्वास्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुने सम्भावना छ । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।