सन्डे मार्निंग लभ यूलाई चाहियो मेडिशन

सन्डे मार्निंग लभ यूलाई चाहियो मेडिशन


IMG_8335लण्डन । सन्डे मार्निंग लभ यू गीतबाट चर्चित भएका र सोही गीत मार्फत सबैको जनजिब्रोमा झुण्डिन सफल भएका गायक भीम निरौलाको अर्को पनि त्यस्तै खालको गीत भर्खरै मात्र यूटुबमा आएकोछ । सन्डे मार्निंग लभ यूमार्फत नागिन डान्समा महिला मोडेलको साथमा रहेका भीम निरौलालाले यो नयाँ गीतमा भने महिला मोडल होइन मेडिशनको साथ् लिएका छन् । अर्थात उक्त नयाँ गीतमा आफू एक्लैले नृत्य गरेका छन् । उनले कुनै महिला कलाकारलाई समावेश गराएका छैनन् तर उनको नागिन डान्सले भने नयाँ गीतमा पनि निरन्तरता पाएको छ । सन् २०१४ को अन्तिम समय, क्रिसमसको दिन पारेर यूटुबमार्फत शेयर गरिएको उक्त गीत चार दिनभित्र ४२,००० भन्दा बढीले हेरिसकेका छन् । गिभ मी ट्याब्लेट बोल रहेको उक्त भिडियो तीन मिनेट बाउन्न सेकेन्डको रहेको छ ।
धनकुटा जिल्लामा जन्मिएका निरौलाले बि.स.२०४४ शालमा रेडियो नेपालबाट स्वर परीक्षासमेत उतिर्ण गरिसकेका छन् भने २००६ देखि उनी बेलायतमा नै बसोबास गर्दै आएका छन् । लगभग ६० भन्दा बढी गीत गाइसकेका भए पनि उनलाई चर्चामा पुर्याउन भने सन्डे मार्निंग लभ यू ले नै महत्वपूर्ण भूमिका निभाएको थियो । निरौलाले बलिउडको एउटा डिजिटल कम्पनि संग पनि सहकार्य गर्ने तयारीमा लागिरहेको र लगभग अन्तिम चरणमा पुगिसकेको हामीसंगको कुराकानीमा बताएका थिए । ए आर रहमान र शेखर कपुरद्वारा संचालित डिजिटल कम्पनि क्युकीसँग ३ बर्षको लागि सम्झौता गर्न लागेका हुन् । यो सम्झौतापछि उनले गरेका सबै सांगीतिक उत्पादनमा लाग्ने खर्च क्यूकि डिजिटलले नै बेहोर्नेछ भने उनी आम्दानीको पचास प्रतिशत हिंस्साको भागिदारसमेत हुनेछन् । कुराकानीको प्रसंगमा उनले भने आउँदो जनवरी २०१५ देखि प्रत्यक महिना एउटा गीत निकाल्दै जाने उनको लक्ष्य रहेकोछ ।
Click on the picture if it didn’t show the youtube.
[youtube]https://www.youtube.com/watch?v=K0HwHUtB6cM[/youtube]