महासमितिमा गम्भीर छलफल गर्नुपर्ने सुझाव
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्वाचनमा पार्टीको भोट घटेको बारेमा महासमिति बैठकमा गम्भीर छलफल हुनुपर्ने धारणा राखेका छन् ।
बिपी अध्ययन प्रतिष्ठानले महासमिति बैठकको पूर्वसन्ध्यामा आइतबार आयोजना गरेको ‘चियापान कार्यक्रम’मा उनले गठबन्धनका कारण निर्वाचनमा पार्टीको मत घटेको भन्दै महासमिति बैठकमा गम्भीर समीक्षा हुनुपर्ने तर्क गरे ।
‘कांग्रेसको भोट प्रतिशत घट्दै गइरहेकाले पनि कम्युनिष्टहरुको पछि लागेर हिँड्ने अवस्थाको अन्त्य हुनेगरी महासमिति बैठकमा गम्भीर रुपमा छलफल हुनुपर्छ’- उनले भनेका छन् । पार्टीको जनमत घटिरहेका बेला कांग्रेस सरकारमा छ भनेर खुशी हुने अवस्था नरहेको उनको कथन थियो । उनले निर्वाचन प्रणालीको सुधारका लागि पनि महासमिति बैठकमा छलफल हुनुपर्ने बताए ।
सोही अवसरमा कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले युवाहरुलाई कांग्रेसभित्र आकर्षण गर्ने सङ्कल्प महासमिति बैठकले लिनुपर्ने भन्दै महासमिति बैठकलाई पार्टी रुपान्तरणका निम्ति अगाडि बढाउनुपर्नेमा जोड दिए ।
अर्का नेता भुपेन्द्रजङ्ग शाहीले अबको निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्नुपर्छ भन्ने धारणा राखे ।
file photo
प्रतिक्रिया