प्रवासी मंच यूकेमा विविध गतिविधि

प्रवासी मंच यूकेमा विविध गतिविधि


defaultलण्डन । बेलायतको एउटा सक्रिय संस्था नेपाली प्रवासी मंच यूकेले आफ्ना गतिविधि तीब्र रूपमा अगाडि बढाएको छ । साङ्ठानिक, सामाजिक र समसामयिक बिषय र सन्दर्भमा मंचका क्रियाकलाप अग्रणी देखिंदै आएको छ । यसै सन्दर्भमा मंचले आफ्नो दशौं बार्षिकोत्सव नेकपा एमालेका केन्द्रीय सदस्य तथा नयाँ पुस्ताका एकजना प्रखर वक्ता डा. बिजय पौडेलको प्रमुख आतिथ्यमा यही जनवरी ३१ र फेब्रुअरी १ तारिख भब्यरूपमा मनाउन लागेको जनाएको छ । सो कार्यक्रम सम्पन्न गर्न मंचका उपाध्यक्ष रबिन्द्र कँडेलको सम्योजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको मंचका अध्यक्ष रामशरण सिंखडाले जनाए । मंचका सल्लाहकारहरु, पदाधिकारी, सदस्य, समर्थक, शुभचिन्तकलगायत उल्लेख्य उपस्थितिमा सप्पन्न गर्न लागिएको कार्यक्रमले बेलायतबासी नेपालीहरुलाई बैचारिक खुराक दिने कार्यक्रम सम्योजक कँडेलको दाबी छ ।

यसैगरी मंच बार्षिक कार्यक्रम अन्तर्गत मार्च ८ को १०५ औं अन्तर्रास्ट्रिय नारी दिवस नेपालकि एकजना चर्चित महिला युवा नेत्री रामकुमारी झाँक्रीको प्रमुख आतिथ्यमा मार्च ७ मा एउटा भब्य जमघटबीच मनाउने तयारी भइरहेको कुरा कार्यक्रम सम्योजक सुशिला राईले बताईन् ।उनका अनुसार बिपन्न र पिछडिएका चेपाङ महिला तथा बालबालिकाको सहयोगार्थ सो कार्यक्रम आयोजना हुन लागेको हो ।

यसैबीच भर्खरै मात्र मंचले कमलरीदेखी सभासदसम्म बन्न पुगेकी एकजना संघर्षशील नारी शान्ता चौधरीको उपचारार्थ ३ लाख ६२ हजार रुपैया संकलन गरी हस्तान्तरण गरेको छ । मंचका अध्यक्ष रामशरण सिंखडाको बिशेष अगुवाई र मंचकी सदस्य शान्ति थापा कुँवरको सम्योजनमा समाजसेवी इशा गुरुङले एकहप्ते अभियान संचालन गरी सो रकम संकलन गरिएको थियो । मंचका सल्लाहकार सुष्मा राइले काठमाडौबाट यस कार्यका लागि सहजीकरणको भूमिका निभाएकी थिईन् । एकपछि अर्को गर्दै विविध क्षेत्रको कार्यक्रम, गतिविधि र सक्रियताले बेलायतबासी नेपालीबीच प्रवासी मंच अझ सुपरिचित र स्थापित हुँदै गएको मंच प्रचार बिभाग प्रमुख कुमार के.सी. बताउछन् ।