अल्डरशट फान्बरोहमा मन्दिर बन्ने पक्का

अल्डरशट फान्बरोहमा मन्दिर बन्ने पक्का


IMG_2384अल्डरशट, बेलायत । २८ डिसेम्बर २०१४, यस एरियास्थित स्थानीय शिव कल्चरल सेन्टर अल्डरशटले आगामी चार बर्ष भित्रमा अनिबार्य रुपमा यस एरियामा मन्दिर बनाउने घोषणाका साथ आफ्नो तेस्रो साधारण सभा भब्यताका साथ सम्पन्न गरेको छ।
आध्यक्ष प्रकाश राउतको अध्यक्षता एवम् महासचिब सूर्य उपाध्यायद्वारा सन्चालित उक्त सभामा अध्यक्ष, महासचिबको प्रतिबेदन र कोशाध्यक्ष गंगा अधिकारिको आर्थिक प्रतिबेदनउपर गहन छलफल भयो भने हलको जिज्ञासालाई सहजतासाथ निर्बाह गरिएको थियो। बिगतमा भएका राम्रा नराम्रा दुबै पक्षलाई पाठको रुपमा ग्रहण गर्दै सर्बसम्मत रुपमा निम्नानुसारको नयाँ कार्यसमितिको चयन भएको औपचारिक घोषणा निर्वाचन प्रमुख रोहित गुरुङ्ले गरेका थिए।
आध्यक्ष -प्रकाश राउत, उपाध्यक्ष -सुनित जैन, महाचिब -सूर्य उपाध्याय, सचिब -धन छेत्री, कोशाध्यक्ष -गंगा अधिकारी, सहकोशाध्यक्ष -हरि भट्टराई, प्रवक्ता -जिब बेल्बासे, अर्थ संकलन संयोजक -भीम बानिया, सांस्कृतिक संयोजक -बिक्रम भट्टराई, सहसांस्कृतिक संयोजक ईन्द्र शर्मा, सदस्यहरुमा डा. उपेन्द्र शंकर गौर, अमर मल्ल, मिठुलाल विश्वकर्मा, भाइराजा थापा, निलकन्ठ पौडेल, रुचिला बाँस्तोला,दिपा गौर, अनुप बर्मा, भरत श्रेष्ठ, सल्लाहाकारहरुमा पछि थप्ने गरी हाललाई हरि भिभोर कार्की रमेश बाँस्तोला, रोहित गुरुङ, हितकाजी गुरुङ, डा. बिनोद कुमार, गोपाल विश्वकर्मा र शेर बहादुर सुनार ।
त्यसैगरी साधारण सभापश्चात् बसेको प्रथम बैठकमै मन्दिर निर्माणार्थ स्वतःस्फुर्त रुपमा निम्न महानुभावहरुको निम्नानुसारको हार्दिक सहयोगश्वरुप योगेन छेत्री £७२००, रमेश बाँस्तोला £५५५५, डा. बिनोद कुमार £५४००, प्रकाश राउत £५०००, सूर्य उपाध्याय £५०००, सुनित जैन £५०००, राजा थापा £५०००, अमर मल्ल £५०००, भीम बानिया £३६००, हरि भट्टराई £३६००, गंगा अधीकारी £३०००, बिक्रम भट्टराई £३०००, धन छेत्री घ्३०००, जिब बेल्बासे घ्३०००, शेर शहादुर सुनार घ्३०००, निलकन्ठ पौडेल £३०००, ईन्द्र शर्मा £३०००, सुरेश जमर्कट्टेल £३०००, यज्ञ छेत्री £३०००, र रोहित गुरुङ £१८०० गरी जम्मा £७९१५५।०० संकलन भएको थियो भने यसलाई निरन्तरता दिन नेपाली समाजबीच गठित हरेक प्रकारका संघ संस्थासँग आपसी पारस्पारिकताको बिकास गरी आबश्यक सहयोग लिने तथा दिने बिषयमा छलफल गर्दै आगामी मे महिनामा महायज्ञ गर्ने निर्णय बैठकले गरेको छ।

-जिब बेल्बासे