आजको पञ्चाङ्ग एवम् राशिफल (१९ फागुन २०८० शनिबार, २ मार्च २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१९ फागुन २०८० शनिबार, २ मार्च २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८० फाल्गुण १९ गते तद्अनुसार सन् २०२४ मार्च २ तारिख शनिबार फाल्गुन कृष्ण सप्तमी तिथि विशाखा नक्षत्र व्याघ्यात भद्रा करण आनन्दादिमा शुभ योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२९ मा भयो र सूर्यास्त साँझ १८ः०४ बजे हुनेछ ।

आजको राशिफल

मेष – अनुकूल समय छ । पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिने छ भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुने दिन छ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्ला । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । दौडधुप र जोखिम बढ्नेछ । रोकिएको काममा सफलता मिल्नेछ ।

वृष – व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आज खर्चको मात्रा केही बढ्ने देखिन्छ । आफ्नै कमजोरीले विवादमा परिने सम्भावना भएकोले संयमता अपनाएर व्यवहार गर्नुहोला । अरुबाट आलोचना हुने, काममा बाधा आउने, धनमाल हराउने सम्भावना पनि रहेको छ । तथापि, आँटेको काममा सफलता मिल्नेछ । तपाइको प्रतिभाको उच्च मूल्यांकन हुने योग छ । राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा होला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – ब्यस्तता र आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्ने योग छ । जिम्मेवारी बढिरहनेछन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । जीवनसाथीको स्वास्थ्यसम्बन्धी समस्याले चिन्ता बढाउन सक्छ । स्थायी सम्पत्तिका विषयमा पनि केही विवाद आउन सक्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कर्कट – आजको दिन व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । भेटघाटको अलमलले नोक्सान पुग्ला । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । जीवनसाथीको सहयोगले लाभ र आनन्द मिल्ने योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – ब्यस्तता बढ्नेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उत्साहवर्द्धक समाचार सुन्न पाइएला । उद्योग र व्यापारमा विशेष फाइदा होला । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योग छ । स्वास्थ्य कमजोर रहने सम्भावना रहेकोले खानपानमा ध्यान दिनु जरुरी छ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – प्रशस्त धन आर्जन गर्ने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्ने योग छ । साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ । कार्यगति बढ्नेछ ।

तुला – बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । पारिवारिक जमघटमा मन रमाउला । व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । रुचिका विषयमा लगानी बढाउन सकिने छ । विलासितामा खर्च बढ्नेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – समयको गतिलाई पछ्याउन विशेष प्रयत्न गर्नुपर्ने समय छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला, तर बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । पढाइलेखाइमा केही प्रगति हुने दिन रहेको छ । परिवारजन एवम् साथीभाइको सहयोग प्राप्त होला । मान महत्व बढ्नेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । योजना र बजेट बनाइ कार्य गर्नु हितकर होला ।

धनु – आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । समय लागे पनि काम सम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । नसोचेको ठाउबाट धन प्राप्त भइ मन प्रशन्न हुने योग छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागको भाव बढ्ला ।

मकर – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् । साझेदारीमा पनि राम्रो फाइदा मिल्ने देखिन्छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । यात्रागत कार्यको सम्भावना छ । मिठो भोजन प्राप्त हुनेछ । चुनौतीका बाबजुद दायित्वलाई पूरा गर्न सकिनेछ ।

कुम्भ – नयाँ कामको खोजीमा हुनुहुन्छ भने मिल्ने सम्भावना बढेको छ । आलस्यले गर्दा अवसर गुम्न सक्छ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आर्थिक कारोवार अति आवश्यक अवस्थाबाहेक नगर्नु नै उचित हुने समय छ । नोकरीमा पदोन्नति र स्थानान्तरणको सम्भावना छ । मिठो भोजन प्राप्त हुनेछ ।

मीन – बिनाप्रतिस्पर्धा फाइदा हुने समय छ । अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त होला । आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । सुख विलास पनि बढ्नेछ । समस्याको समाधान होला ।