आजको पञ्चाङ्ग एवम् राशिफल (२२ फागुन २०८० मंगलबार, ५ मार्च २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२२ फागुन २०८० मंगलबार, ५ मार्च २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ शिशिर ऋतु उत्तरायण वि.सं. २०८० फाल्गुण २२ गते तदनुसार ई सन् २०२४ मार्च ५ तारिख मंगलबार फाल्गुन कृष्ण पक्षको दशमी तिथि मूल नक्षत्र सिद्धि योग वणि करण आनन्दादिमा छत्र योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौं सूर्योदय बिहान ६ः२६ मा भयो र सूर्यास्त साँझ १८ः०६ बजे हुनेछ ।

आजको राशीफल

मेष – आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । व्यावसायिक काममा खर्च बढ्ला । तथापि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । नयाँ काममा हातहाल्नुअघि सोचविचार गर्नु हितकर होला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने योग छ । साथीभाइबाट सहयोग र हौसला मिल्नेछ । धर्मकर्मा आकर्षण बढ्नेछ । परिवारको सहयोग मिल्नेछ ।

वृष – प्रतिस्पर्धी तथा शत्रुपक्षलाई सजिलै हराउन सकिने समय छ । आजको दिन आयआर्जन पनि राम्रै हुने देखिन्छ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा भने विशेष ध्यान दिनु उचित हुनेछ । उद्योग–व्यापारमा विशेष फाइदा हुनेछ । मूलतः मनोरन्जनमा समय ब्यतीत होला । जोखिम रहेपनि मिहीनेतले काम बन्नेछ । सन्तान पक्षबाट सुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – आजको दिन सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छ, तर पनि धनलाभ हुने देखिन्छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिँदै आएको काममा थप जाँगर पलाएर आउला । ब्यवसायमा राम्रो छ तर पढाइलेखाइमा समय दिन नसकिएला । इष्टमित्र एवम् सन्तान पक्षबाट भने सुख मिल्ने देखिन्छ । प्रयासरत काम बन्नेछ ।

कर्कट – समय खासै अनुकुल नरहला । स्वास्थ्य कमजोर रहनाले काम सम्पादनमा असर पर्न सक्छ । महत्वपूर्ण अवसर त्यसै गुम्नसक्ने योग छ । आजको दिन छरछिमेकमा विवाद हुनुबाट जोगिने प्रयास गर्नु हितकर हुनेछ । रुपैयापैसा हराउन सक्छ, सावधान रहनु होला । श्रमको उचित मूल्यांकन नहुन सक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

सिंह – व्यापार-ब्यवसायमा राम्रै लाभ हुने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । तथापि, काम बिग्रने डरले भित्र कता-कता सताउन सक्छ । मानसम्मानमा ठेस पुग्ने योग रहेकोले विशेष सचेत भइ व्यवहार गर्नुहोला । आजको भ्रमण ब्यर्थ सवित होला । सानातिना काममा समय बित्न सक्छ । तथापि, साहसमा कमी आउनेछैन । यात्रामा सफलता प्राप्त हुनेछ ।

कन्या – प्रेमभाव बढ्नेछ । दाम्पत्यसुखमा रमाउने समय छ । प्रेम र मित्रताको बन्धन कसिएला । सजिलै काम बन्नाले उत्साह जाग्नेछ भने सानो प्रयत्नले ठूलो काम सम्पादन हुने योग छ । विभिन्न सहयोग र उपहार हात पर्न सक्छ । परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ ।

तुला – व्यस्तता बढ्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् भने नयाँ काम र जिम्मेवारी हात पर्ने योग छ । बोली र व्यक्तित्वको प्रभाव बलियो रहला ।

वृश्चिक – दिन चुनौतीयुक्त छ । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहला । आँटेको काम समयमा पूरा नहुन सक्छ । मुख्य काममा बाधा हुने सम्भावना रहेकोले सावधानीपूर्वक कदम चाल्नु हितकर होला । पढाइलेखाइमा त्यत्ति मन नजाला । धेरै लगानीपछि कम प्रतिफल पाइन सकिन्छ । स्वास्थ्य पनि केही कमजोर रहला । चुनौतीका बाबजुद कर्ममा सफल साबित हुनुहुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – शुभता र सुख बढ्नेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आज तपाईंलाइ सहयोगीहरूले राम्रै साथ दिनेछन् । तर, समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । पठनपाठनमा भने प्रगति हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । मित्रजन सहयोगी बनेर देखापर्लान् ।

मकर – आयआर्जनका स्रोत बढ्नेछन् । आमाको माध्यमबाट काम बनाउन सकिनेछ । नसोचेको ठाउँबाट धन आर्जन हुने देखिन्छ । अरूका विषयमा चासो लिँदा विवादमा परिने योग भएकोले सचेत रहनुहोला । लाभ हुने काम प्रारम्भ हुन सक्छ । साझेदारीमा राम्रो फाइदा हुनेछ । आरोग्यता रहनेछ । प्रेममा सफलता मिल्ने समय छ ।

कुम्भ – सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । पेटको खराबीले सताउन सक्छ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ने योग छ । तथापि, बोली र व्यक्तित्वको प्रभाव बढ्ला । मीठो भोजन प्राप्त हुने योग छ ।

मीन – अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने समय छ । आश्वासन दिनेले झुक्याउन सक्छन् । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि समस्या आउन सक्छ । सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । पूरानो रोगले पनि सताउन सक्छ । सामर्थ्य भने वृद्धि हुने देखिन्छ । रसरागमा आकर्षण रहनेछ ।