आजको पञ्चाङ्ग एवम् राशिफल (२४ फागुन २०८० बिहीबार, ७ मार्च २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ फागुन २०८० बिहीबार, ७ मार्च २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्री शाके १९४५ नेपाल सं. ११४४ शिशिर ऋतु उत्तरायण वि.सं. २०८० फाल्गुण २४ गते बिहीबार, तदनुसार इस्वी सम्वत् २०२४ मार्च ७ तारिख, फाल्गुन कृष्णपक्षको द्वादशी तिथि, उत्तराषाढ़ा नक्षत्र परिघ योग, कौलव करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौं सूर्योदय बिहान ६ः२६ मा भयो र सूर्यास्त साँझ १८ः०६ बजे हुनेछ ।

आजको राशीफल

मेष – आजको दिन केही चुनौतीयुक्त रहनेछ । इर्ष्या गर्नेहरूले सताउन सक्छन् भने आम्दानी बिगार्नेहरू सक्रिय रहनेछन् । तपाईंको परिश्रमको उचित मूल्य नमिल्न सक्छ । तथापि, भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । आफ्नै प्रयासले कार्यगति वृद्धि होला । कठोर परिश्रमीका लागि समयले साथ दिनेछ । परिवार तथा आफन्तजनको सहयोग मिल्ने समय छ ।

वृष – भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिने दिन छ । आयआर्जन राम्रै होला, तर आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च हुने योग छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, सचेत रहनुहोला । सरल जीवनशैलीले धेरैको मन लोभ्याउने छ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन – एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । मंगलमय कृत्य सम्पादन हुन सक्छन् । प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी बनिएला । दिगो आम्दानी हुने काम सुरु गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्ठित काम गरेर आकर्षणको पात्र बन्ने योग छ । आशा उत्साह बढ्नेछ । आरोग्यता रहनेछ । विशेष कामको प्रयासमा हुनुहुन्छ भने सफलता मिल्ने देखिन्छ ।

कर्कट – भाग्योन्नतिको समय । ब्यवसायमा प्रशस्तै लाभ हुनुका साथै धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । तर, अरूको मात्र भर पर्दा धोका हुन सक्नेछ, सचेत रहनुहोला । परिस्थितिअनुसार चल्ने प्रयत्न गर्नुपर्नेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ, बोली र व्यवहारमा संयमता अपनाउनुहोला । । अध्ययन तथा अध्यापन कार्यमा उत्साह जागृत हुनेछ । प्रेमभाव र आरोग्यता वृद्धि हुनेछ । कार्यबल बढ्नेछ ।

सिंह – ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुने समय छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । आजको दिन अरूको सुझावमा भर नपर्नु हितकर होला । केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ, सचेत रहनुहोला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । रसरागको भाव वृद्धि होला ।

कन्या – प्रतिस्पर्धामा केही कमजोर भइने समय छ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस हुनेछ । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले सचेत रहनुहोला । काममा परिवारजनको सहयोग लिने प्रयत्न गर्नु उचित हुनेछ । दायित्व बढ्नेछ । मिठो भोजन प्राप्ति हुनेछ भने रसरागमा आकर्षण बढ्नेछ ।

तुला – व्यस्तता बढ्नेछ । प्रयत्न गर्दा रोकिएका घरेलु काममा सफलता मिल्ने समय छ । तपाईंका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । कतै अतिथिका रूपमा सत्कार पाइने योग छ । मिठो भोजन मिल्नेछ । शत्रु तथा प्रतिष्पर्धीसँग लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव रहला ।

वृश्चिक – बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्ने समय छ, सावधान रहनुहोला । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । व्यापार–व्यवसायमा लाभ हुनेछ भने व्यावसाय विस्तारका लागि यात्रा हुन सक्छ । मान र विद्या प्राप्त हुने योग छ । पराक्रम र आरोग्यता बढ्नेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ । अन्ततः कर्ममा सफल साबित हुनुहुनेछ ।

धनु – न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । स्वास्थ्य सामान्य कमजोर रहनाले जाँगरमा कमी आउला । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ । नचिताएको ठाउँमा खर्च हुने योग छ । साझेदारीको काम बन्नेछ । मित्रजनको सहयोग-समर्थन प्राप्ति हुनेछ ।

मकर – नयाँ काममा हात हाल्ने समय आएको छ । सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने देखिएपनि कीर्तिमानी काम सम्पादन होला । अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती पनि सामना गर्नपर्ला । प्रेमको प्रस्ताव प्राप्त हुनसक्ने योग छ । आरोग्य रहनेछ, आफन्तको साथ मिल्नेछ ।

कुम्भ – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ भने लगनशीलताले राम्रै उपलब्धि दिलाउला । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । समस्याको समाधान मिल्ने र प्रसंशा बढ्ने योग छ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । मीठो भोजन प्राप्त हुनेछ ।

मीन – आजको दिन मिश्रित फलदायी रहला । आफन्तबाट टाढिनुपर्ने समय छ भने सेवामूलक कामबाट धनलाभ हुने देखिन्छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने योग छ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिने छ । मन अशान्त बनेको अनुभूति होला । रसरागको भाव वृद्धि हुनेछ ।