विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसद्वारा सांसदलाई निर्देशन

विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसद्वारा सांसदलाई निर्देशन


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डले प्रस्ताव गर्नुर्ने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन (ह्विप) जारी गरेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले विज्ञप्तिमार्फत यही फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन र उक्त प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन जारी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले यही फागुन ३० गते विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ ।