बेइमानीको राजनीति धेरै समय नटिक्ने नेता कोइरालाको उद्घोष
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले बेइमानीको राजनीति धेरै समय नटिक्ने उद्घोष गरेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पिठौलीमा सोमबार आयोजित कार्यक्रममा उनले वर्तमान सरकार राजनीतिक धोकाबाट बनेको आरोप लगाए ।
‘केही मुख्यमन्त्री र मन्त्री पद गए पनि कांग्रेसको भविष्यका लागि गठबन्धन टुट्नु राम्रो हो, अब निर्वाचनअगाडि कांग्रेसले कसैसँग पनि गठबन्धन गर्दैन’, नेता कोइरालाले भने ।
गठबन्धनबाट मुक्त भएको कांग्रेसले अब पार्टी सङ्गठन बनाउन र पार्टीभित्रका फरक विचार समूहका साथीहरूसँग मिलेर अगाडि बढ्ने अवसर प्राप्त भएको उनको भनाइ थियो ।
photo: rss
प्रतिक्रिया