आजको पञ्चाङ्ग एवम् राशिफल (२९ फागुन २०८० मंगलबार, १२ मार्च २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२९ फागुन २०८० मंगलबार, १२ मार्च २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८० फाल्गुण २९ गते तद्अनुसार सन् २०२४ मार्च १२ तारिख मंगलबार फाल्गुन शुक्ल द्वितीया तिथि रेवती नक्षत्र शुक्ल योग तैतिल करण आनन्दादिमा शुभ योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१९ मा भयो र सूर्यास्त साँझ १८ः१० बजे हुनेछ ।

आजको राशिफल

मेष – सोचेको काम सफलतापूर्वक सम्पन्न हुने समय भएपनि आजको दिन नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहने योग छ । लगानी वृद्धि हुनेछ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्तबाट समेत टाढिनुपर्ने समय छ । आमोदप्रमोदमा रमाउने माहोल जुर्न सक्छ ।

वृष – आज काम बिग्रने डरले सताइरहनेछ । साथै, बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइएला । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर हुनेछ । नसोचेको ठाउँबाट धनलाभ हुने योग छ । आफ्नै कमजोरीले विवादमा परिने सम्भावना रहेकोले विशेष सचेतनाको आवश्यकता छ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त होला । आफन्तको साथ मिल्नेछ ।

मिथुन – कर्मबल बढ्नेछ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । आज धनलाभको सम्भावना पनि छ, साथै फलदायी यात्रा हुन सक्छ । कृषि पेशामा हुनेले लाभ उठाउन सक्नेछन् । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । दिन रमाइलैसँग बित्नेछ ।

कर्कट – पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका जुर्ला । ठूलै फाइदाको आश्वासन पनि पाइनेछ । विशेष योजनाहरू बन्नेछन् भने आजको दिन टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । सवल स्वास्थ्यको लागि खानपानमा विशेष सावधान रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

सिंह – दौडधुप बढ्नेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने योग छ । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ । आज अनायसै धन खर्चनुपर्ने आवश्यकता पर्न सक्छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । यसका बाबजुद मन प्रशन्न रहला । मित्रजनको साथ मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

कन्या – सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्ने दिन छ । पारिवारिक जमघटमा मन रमाउनेछ । तर, भेटघाटको अलमलले नोक्सान पुग्न सक्छ । प्रतिस्पर्धी परास्त होलान् । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिने योगसमेत रहेकोले विशेष सजगताको खाँचो पर्ला । आजको लाभांश सञ्चय नहुन सक्छ, ध्यान राख्नुहोस् ।

तुला – काममा लगानीको समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । विदेश भ्रमणका लागि प्रयत्न गरे सार्थक बन्न सक्छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ ।

वृश्चिक – मेहनतले राम्रै लाभ उठाउन सकिने समय छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । सहयोगीहरूबाट अलि धोका पाइने सम्भावना छ, सचेत रहनुहोला । काममा आलस्यपन जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ, सजगता अपनाउनुहोला । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । साझेदारीमा पनि फाइदा हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । तर, स्वास्थ्य केही कमजोर रहन सक्छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा उचित हुनेछ । सामाजिक दायित्व बढ्ने योग छ । ब्यस्तता बढ्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर – पराक्रम वृद्धि हुनेछ । रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव एवं कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । तर, अनावश्यक वादविवादमा परिने योग भएकोले विशेष सजगताको खाँचो छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – होसियारीसाथ काम लिनुपर्ने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ तर फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, ध्यान राख्नुहोला । व्यावसायिक काममा राम्रै फाइदा हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । मेहनतले प्रशंसा दिलाउनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन्, आम्दानीले पछ्याउनेछ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ, ध्यान राख्नुहोला । स्वादिष्ट भोजनमा मन रमाउनेछ । आरोग्यता बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।