एउटामा तेश्रो पटक चोरी, अर्कोलाई बनाउन सहयोग

एउटामा तेश्रो पटक चोरी, अर्कोलाई बनाउन सहयोग


mandirबेलायत । बेलायतको लण्डन शहरमा रहेको पशुपतिनाथ मन्दिरमा तेश्रो पटक चोरी भएको समाचार आइरहेकै बेला नेपालीहरुको जनघनत्व बढी भएको अर्को शहर अल्डरसटवासी नेपालीहरु मन्दिर बनाउन जुटेका छन् । गत आइतबार स्थानीय शिव कल्चरल सेन्टर अल्डरशटले आगामी चार बर्ष भित्रमा मन्दिर बनाउने अभियानस्वरुप विभिन्न व्यक्तिहरुसंग सहयोग संकलन कार्य शुरु गरेको छ ।
शिव कल्चरल सेन्टरको तेश्रो साधारणसभाले नेपालीहरुको बढी चाप रहेको क्षेत्र अल्डरसटमा मन्दिर निर्माण गर्ने भएपछि स्थानीय व्यवसायी एवं समाजसेवीहरुले स्वतस्फूर्त सहयोग गरेका छन् । सोही दिन मात्रै करीब असी हजार पाउण्ड रकम संकलन गरिएको प्रवक्ता जीव वेल्वासेले जानकारी दिए ।
तेश्रो साधारणसभाले प्रकाश राउतको अध्यक्षतामा नयां कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा सुनिता जैन, महासचिबमा सूर्य उपाध्याय, सचिबमा धन क्षेत्री, कोषाध्यÔमा गंगा अधिकारी, सहकोषाध्यक्षमा हरि भट्टराई र प्रवक्तामा जिब बेल्बासे सर्वसम्मत भएका छन् । त्यस्तै अर्थ संकलन संयोजकमा भीम बांनिया, सांस्कृतिक संयोजकमा बिक्रम भट्टराई र सह संयोजकमा ईन्द्र शर्मा चयन भएका छन् । साधारणसभाले कार्यसमितिका सदस्यहरु समेत चयन गरेको छ ।
सोही अवसरमा हरि बिभोर कार्की, शेर बहादुर सुनार, रमेश बास्तोला, रोहित गुरुङ, हितकाजी गुरुङ, गोपाल विश्वकर्मालगायतलाई सल्लाहकार चयन गरिएको छ । केही दिनअघि मात्रै लण्डन नजिकै प्लमस्टिडमा रहेको पशुपतिनाथ मन्दिरमा तेश्रो पटक चोरी भएको छ । यसपटक पनि चोरले यसअघि जस्तै मन्दिरको पछाडिपट्टिबाट सीसा फोडी चोरी गरेको अध्यक्ष होम शर्माले जानकारी दिए । अहिले पनि चोरले दान बाकसमा रहेको अन्दाजी तीनसय पाउण्ड चोरेको आशंका मन्दिर व्यवस्थपनले गरेको छ । यसअघि दान बाकसमा जम्मा भएको करीब एक हजार पाउण्ड रकम चोरी भएको जनाइएको थियो ।
सोही दिन मन्दिर प्रांगणमा भेटिएका अध्यक्ष होम शर्माले मन्दिरको सीसी टीभि र कोप अलार्मलाई एक्टिभ गर्ने बचन दिए पनि अहिलेसम्म हुनसकेको छैन । तीनतीन पटकसम्म चोरी हुँदा पनि सतर्कता नअपनाएको बताउँदै एकजना हाइली स्किल्ड माइग्रेण्ट्स शेखर वाग्लेले व्यवस्थापनको कमजोरीका कारण यस्तो लापर्बाही भएको आरोप लगाए । मन्दिरका एकजना ट्रष्टी पशुपति भण्डारीले मन्दिरमा चोरी हुनु अत्यन्त दुःखदायी भएको बताउँदै मन्दिर व्यवस्थापनभित्र भएका कमीकमजोरीहरुलाई ब्यापक छलपल गर्ने जानकारी दिए ।