आजको पञ्चाङ्ग एवम् राशिफल (१ चैत २०८० बिहीबार, १४ मार्च २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१ चैत २०८० बिहीबार, १४ मार्च २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८० चैत्र १ गते तद्अनुसार सन् २०२४ मार्च १४ तारिख बिहीबार फाल्गुन शुक्ल चतुर्थी तिथि ६ः३७ पर पञ्चमी तिथि भरणी नक्षत्र वैधृति योग बब करण आनन्दादिमा पद्म योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१६ मा भयो र सूर्यास्त साँझ १८ः११ बजे हुनेछ । चैत्र संक्रान्ति ।

आजको राशीफल

मेष – आजको दिन केही चुनौतीयुक्त रहने देखिन्छ । कृषि-चौपायाबाट हानि पुग्नसक्छ भने बन्दव्यापारमा पनि नाफा हुने देखिन्न । स्वास्थ्यमा सामान्य कमजोरी रहला । अनावश्यक कुरामा खर्च बढ्न सक्छ, सचेत रहनुहोला । सवल स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । तथापि, मिठो भोजन प्राप्त हुने र यात्रागत कार्यमा सफलता प्राप्त हुने योग छ । चुनौतीका बाबजुद आमोदप्रमोदमा रम्ने माहोल बन्ने सम्भावना छ ।

वृष – आज काममा सहयोगीहरूले राम्रो साथ दिनाले उत्साह वृद्धि होला । घरमा पाहुना आगमनको योग छ । धनवृद्धि होला । सन्तानपक्षबाट सुख मिल्ने समय छ । तर अध्ययन-अध्यापनमा भने खासै मन नजाला । टाढिएका सहयोगीहरूको समेत साथ मिल्नेछ । खर्च वृद्धि हुने योग छ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक काममा सफलता र पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक कार्य बन्नेछ ।

मिथुन – आजको दिन शुभदायी छ । आर्थिक आर्जनकोे अवसर मिलनेछ भने ब्यापार-व्यवसाय पनि फष्टाउला । कसैबाट उपहार मिल्ने योेग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा ज्यादा लाभ मिल्नेछ । आर्थिक क्षेत्र सबल तथा फलदायी हुने दिन छ । रसरागको भाव वृद्धि होला । बौद्धिकता एवम् रचनात्मकता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट – कर्मबल तथा पराक्रम बढ्नेछ । आयआर्जन राम्रै होला । यात्रागत कार्य रमाइलोसँग सम्पन्न हुनेछ भने यात्रामा हुने भेटघाटले मनोबल बढाउने योग छ । तथापि, अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने परिस्थिति निम्तन सक्ने योग छ । विवेक र धैर्यका साथ व्यवहार गर्नु हितकर हुनेछ । ठूला व्यक्तिबाट बुद्धिको तारिफ हुनेछ । आरोग्यता रहनेछ । रोकिएको काम बन्ने समय छ ।

सिंह – आजको दिन अलिक चुनौतीयुक्त रहला । खर्च र विवाद बढ्ने, महत्वपूर्ण काममा अवरोध पैदा हुन सक्ने र मनमा चिन्ता बढ्ने योग छ । स्वास्थ्य पनि खासै सवल नरहन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । बौद्धिक कार्यबाट धनलाभ हुने सम्भावना छ । यात्राको अवसर मिल्न सक्छ, तर यात्रामा विशेष सतर्कताको दरकार छ । पारिवारिक सुखको अवस्था रहला ।

कन्या – दौडधुप बढ्नेछ । पराक्रम बढ्नुका साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन सक्छ, सावधान रहनु हितकर होला । आज टाढाको साथीसँगको भेटघाटले मन प्रफुल्ल रहला, तर सोचेको काम भने समयमै पूरा हुन कठिन पर्ला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – व्यापारमा गरेको लगानि सन्तोषप्रद रहनेछ । आर्थिक पक्ष आज सन्तोषजनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नुपर्ने दिन छ । सामान्य खर्च बढ्न सक्छ, सचेत रहनुहोला । दाम्पत्यसुख बढ्नेछ । कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । साहसिक काममा आकर्षण रहला ।

वृश्चिक – सकारात्मक र व्यवहारिक सोचको विकास हुने समय छ । आजको श्रमले पछि राम्रो फल मिल्नेछ । रमाइलो तरिकाले कामहरु गर्न पाइएला । पशुधन र जमिनबाट सामान्य लाभ होला, साथै आवश्यक र उपलब्धिमूलक रमाइलो यात्रा हुन सक्छ । कृषिक्षेत्रमा भने अलिक बढी परिश्रम र लगानी गर्नुपर्ने योग छ । परिवारिक सुख बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।

धनु – आज कार्यबोझले थाकेको महसुस होला । घर-गृहस्थीमा समस्या आउनुका साथै छिमेकीसंग झैझगडाको योग छ । खर्चवृद्धि हुने सम्भावना छ । साथीभाइ, कुटुम्ब वा नातेदारको सल्लाह र सहयोगको खाँचो महसुस हुनेछ । वादविवाद, झैझगडामा पर्न सकिन्छ सावधान रहनुहोला । नसोचेको ठाउँमा धनको नाश हुने योग छ । तथपि, प्रेमभाव एवम् रसरागको भाव बढ्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – अभिभावक एवम् साथीभाइले आवश्यक सहयोग प्रदान गर्ने समय छ । मनमा दुबिधा रहन सक्छ, तर सामाजिक काममा नाम रहनेछ । मान बढ्ला । आजको दिन जागिरमा भने होसियार रहनु हितकर हुनेछ । स्वास्थ्यका दृष्टिले यो राम्रो समय छ । कसैसंग सामान्य मनमुटाव हुनसक्छ । व्यस्तता वृद्धि हुनेछ । शत्रुलाई जित्ने सामर्थ्य रहला । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – नजिकका मित्रबाट विशेष साथ-सहयोग र सुख प्राप्त हुने समय छ । खुसीको खबर प्राप्त होला । काम बन्नाले मन रमाउने छ । बुद्धि-विवेकको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ भने कृषिको कामबाट पनि फाइदै होला । धन बढ्नेछ । मिठो भोजन प्राप्त होला । सामर्थ्य वृद्धिले काममा सफलता मिल्नेछ । रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – आजको दिन धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नुपर्ने देखिन्छ । समय शुभदायी रहला । सोच्दैनसोचेको स्थानबाट लाभ हुने तथा उद्योग-व्यापारमा विशेष फाइदाको योग छ । मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ । यात्राको सम्भावना छ । आफन्तले प्रशंसा गर्नाले जाँगर बढ्ने देखिन्छ । समस्याको समाधान मिल्नेछ ।