लण्डन । गत २ तारिख एनआरएनएको केन्द्रीय अध्यक्ष शेष घलेको बेलायत भ्रमणको क्रममा अध्यक्षको सम्मानार्थ एनआरएनए यूकेका संरक्षक काउन्सिलका सदस्य तथा सल्लाहकार रि. मेजर डम्बर घलेको आयोजनामा राखिएको एक रात्रि भोजको कार्यक्रममा संस्थाको ब्यानर राखी औपचारिक रुपमा बेलायती कार्यसमितिसँग सल्लाह नै नगरी गरिएकोले घलेलेलाई संस्थाको आफ्नो कार्यालयमा आएर किन र केको आधारमा सो गरियो भन्ने स्पष्टिकरण दिनका लागि जारी गरिएको प्रेस वक्तव्य, अध्यक्ष महेन्द्र कँडेलबाट सार्वजनिक गरिएको छ ।
गैरआवासीय नेपाली संघको अध्यक्षको रुपमा यस कार्यकाल हाँकिरहेका घलेले बेलायती एनआरएनएभित्रको समस्याले समस्त केन्द्रीय संस्थाको छवि बिथोल्न सक्ने वास्तविकतालाई नजरअन्दाज गरी हिँडेको आरोप सर्वत्र लगाइएको छ । महेन्द्र कँडेलबाट जारी गरिएको वक्तत्व सक्दो किसिमले संयमित भएको भए पनि विवादको स्थितिले चरम मोड लिन लागेको देखिएको छ । वक्तत्व निम्न प्रकारको छ –
प्रेस विज्ञप्ती
आदणिय बेलायतवासी नेपाली जनसमुदाय,
हार्दिक नमस्कार,
Sub: रि.मेजर डम्बर घलेज्यु लाई एक हप्ता दिन भित्रमा गैरआवासीय नेपाली संघ, बेलायतको कार्यलयमा उपस्थित भई स्पष्टीकरण दिन यो विज्ञप्ती जारी गरिएको छ ।
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष शेष घलेज्युको बेलायत भ्रमणले हामीलाई ध्यानाकर्षण गराएको छ । यस भ्रमणको शिलशिलामा गैरआवासीय नेपाली संघ, बेलायतको कार्य समितिले गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष शेष घलेलाई आधिकारिक रुपमा स्वागत र भेटघाट गर्ने मौकाबाट बञ्चित हुनु परेकामा सिंगो कार्यसमिति स्तब्ध बनाएको छ । त्यसै अनुुरुप २ जनवरी ,२०१५ मा आयोजित रात्रीभोज प्रति हाम्रो घोर आपत्ति छ । संस्थाको सामान्य नियम र परिधीलाई समेत लत्याएर गैरआवासीय नेपाली संघ बेलायतको सिंगो कार्यसमितिलाई जानकारी र सरसल्लाह बिना अनौपचारिक रात्रीभोज भनी गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका (बेलायत आइसीसी ) सदस्यहरु, केन्द्रीय सल्लाहकार, गैरआवासीय नेपाली संघ, बेलायतको सल्लाहकार साथीहरु, लाई निमन्त्रणा गरियो । तर, प्रायोजित रुपमा कार्यक्रमलाई आधिकारिक भनी सञ्चालन गरियो ।कार्यक्रम आयोजक रि.मेजर डम्बर घलेज्यु एनआरएनए बेलायतको संरक्षक काउन्सिलका सदस्य र एनआरएनए आइसीसीका सल्लाहकारको गरिमामय पद र ओहोदामा बसी आफ्नो पदीय सीमालाई बिर्सिएर यसरी ब्यक्तिगत स्वार्थमा लिप्त हुनुले हामीलाई आश्र्यचकित बनाएको छ ।
के आधारमा गैरआवासीय नेपाली संघ, बेलायतको लोगो र ब्यानरलाई दुरुपयोग गरियो ? कहाँको अधिकार प्रयोजन गरी कार्यक्रम सञ्चालन गरियो? यसैगरी पदीय दायित्व बोकेका साथीहरुबाट यस प्रकारका गतिविधी हुँदा यसले संस्थाको गरिमा र एकतामा आँच आउने हाम्रो ठहर छ । अतः यस प्रकारका घटनाबाट सावधानीका निम्ति रि.मेजर डम्बर घलेज्युलाई एक हप्ता दिन भित्रमा गैरआवासीय नेपाली संघ, बेलायतको कार्यलयमा उपस्थित भई स्पष्टीकरण दिन यो विज्ञप्ती जारी गरिएको छ ।
गैरआवासीय नेपाली संघ बेलायतका प्रमुख संरक्षक प्रो. सुर्य सुवेदी, संरक्षक महन्त श्रेष्ठ, सुर्य गुरुङ, कुल आचार्यका साथै केन्द्रीय सल्लाहकार विश्वआदर्श पण्डित एवं बेलायतको प्रतिनिधित्व गर्ने सबै आइसीसी सदस्यहरु सुरेन्द्र श्रेष्ठ, थर्क शेन, सुष्मा राई, बीजन भट्ट , बिनोद ञवाली र पशुपति भंडारी , गैरआवासीय नेपाली संघ बेलायतको सल्लाहकार साथीहरु एबं अग्रजहरुबाट एनआरएनको एकताको निम्ति समर्पित अविरल भूमिकालाई हामी उच्च मुल्यांकन गर्दै भविष्यमा पनि यो उच्च कार्यको यहाँहरुबाट सदैव निरन्तरता हुनेछ भन्ने पूर्ण आशा लिएका छौं ।नेपाली जनसमुदायप्रति अंग्रेजी क्यालेण्डरको वर्ष २०१५ शुभकामना, सुस्वास्थ्य, प्रगति, उन्नति रदीर्घायुको कामना ।Regards,
महेन्द्र कँडेल
अध्यक्ष
राजकुमार त्रिपाठी
महासचिव
गैरआवासीय नेपाली संघ, बेलायत
foto from facebook, nrna youth
प्रतिक्रिया