बाँसबारी जग्गा हिनामिना प्रकरणमा सिआईबीले लियो विनोद चौधरीसँग बयान

बाँसबारी जग्गा हिनामिना प्रकरणमा सिआईबीले लियो विनोद चौधरीसँग बयान


‘भाग्ने र प्रमाण नष्ट गर्ने अवस्था नरहेकाले चौधरीलाई पक्राउ नगरी सिधै बयान लिइयो’ : प्रहरी

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) बयान लिएको छ ।

सरकारी जग्गा हिनामिना गरेको आशङ्कामा सिआइबीले चौधरीमाथि अनुसन्धान थालेको संसद् सचिवालयमार्फत सभामुख देवराज घिमिरेलाई जानकारी गराएसँगै आज (८ चैत) बयान लिएको हो । जिल्ला सरकारी वकील कार्यालयमा चौधरीसँग बयान लिन लिइएको सिआइबीका प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिएका छन् ।

प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले चौधरी भाग्ने र प्रमाण नष्ट गर्ने अवस्था नरहेकाले उनलाई पक्राउ नगरी सिधै बयान लिइएको बताएका छन् ।