दश दिन संसद् बन्द गरी सभामुख स्वीट्जरल्याण्ड प्रस्थान

दश दिन संसद् बन्द गरी सभामुख स्वीट्जरल्याण्ड प्रस्थान


अन्तरव्यवस्थापिका सङ्घको एक सय ४८औँ महासभामा सहभागी हुन दश सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख देवराज घिमिरे स्वीट्जरल्याण्ड प्रस्थान गरेका छन् ।

यही चैत १० देखि १४ गतेसम्म अन्तर व्यवस्थापिका सङ्घको प्रधान कार्यालय रहेको जेनेभामा सञ्चालन हुने महासभामा सहभागी हुन सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल बिहीबार (८ चैत) कतार एयरलान्सको उडानबाट दोहा हुँदै जेनेभातर्फ प्रस्थान गरेका हुन् ।

सङ्घीय संसद् सचिवालयले जानकारी दिएअनुसार उक्त महासभामा सभामुख घिमिरेसहित संसदीय दलका प्रमुख सचेतक नेपाली कांग्रेसका रमेश लेखक, नेकपा (एमाले) का महेशकुमार बर्तौला, नेकपा (माओवादी केन्द्र)का हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार सहभागी छन् । यस्तै, राष्ट्रियसभा सदस्य गङ्गाकुमारी बेलबासे, सङ्घीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाई र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईसमेत भ्रमण टोलीमा सहभागी छन् ।

सभमुख घिमिरेले जेनेभामा ‘संसदीय कूटनीति : शान्ति र समझदारीको लागि सेतु निर्माण’ विषयमा सङ्घीय संसद्को तर्फबाट आफनो वक्तव्य प्रस्तुत गर्ने जनाइएको छ । सभामुख नेतृत्वको टोली चैत १६ गते बिहान स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ भने संसद् १८ गतेमात्र सञ्चालन हुने जनाइएको छ ।

photo: rss