नेपाली राजदूतावासद्वारा एमआरपी फारम संकलन

नेपाली राजदूतावासद्वारा एमआरपी फारम संकलन


IMG_0363रेडिङ । आज ग्रेटर रेडिङ नेपाली समाजको आयोजना र नेपाली राजदूतावासको सकृयतामा रेडिङको द वयर हाउसमा धमाधम एमआरपी फारम संकलन भइरहेको छ । कार्यवाहक राजदूत तेज बहादुर क्षेत्री र ग्रेटर रेडिङ नेपाली समाजका अध्यक्ष कृतिविलास पन्त आज निकै व्यस्त देखिएका थिए । किनकि पन्तले स्वयं सेवकको खटन पटनको जिम्मा अरूलाई नदिएका र कावा राजदूत क्षेत्रीले कर्मचारीलाई निर्देशन गरिरहेका छन् । सबेरै बिहान ९ बजेबाट शुरू भएको संकलन कार्यक्रममा राजदूतावासका सबै कर्मचारीहरूको सहयोगी व्यवहारले गर्दा तिनको छविको राम्रो प्रभाव समाजमा परिरहेको देखिन्थ्यो। साधरणतया नेपालीले नेपालमा सेवा लिन जादाँ यो महशुस गर्न सकिंदैन । सेवाग्राही सबै खुशी छन् र कसैलाई केही गुनासो गर्नु पर्ने कुनै मौका कर्मचारी र स्वयं सेवकले दिएका छैनन् ।
रेडिङ समाजका कार्य समितिका प्राय सबै सदस्य लगायत निवर्तमान अध्यक्ष महेश गुरूङ र वरिष्ठ उपाध्यक्ष रमेश वास्तोला सबैले उत्सुकता साथ सहयोग गर्दै कार्यक्रम सफल पारिरहेका छन् । आज बेलुका ४ बजेसम्म एमआरपी संकलन गरीने कुरा कावा राजदूत तेज बहादुर क्षेत्रीले जानाकारी गराए । यो वर्षको अक्टोवर महिनादेखि हस्तलिखित राहदानी अन्तर्राष्ट्रिय स्तरमा नै अस्वीकार हुने हुदाँ विदेशमा बस्ने वा आवतजावत गर्ने सबैले एमआरपी [मेशिन रिडेवल पासपोर्ट] लिई सकेको हुनु पर्छ । यसैको निरन्तरताका लागी बेलायतस्थित राजदूतावासले बेलायतवासी आफ्ना नागरिकको सुविधालाई मध्यनजर गरी आफ्नो सीमित साधन र श्रोतको अधिकतम सदुपयोग र जनसहभागिता समेत जुटाई कार्यक्रम गरिरहेको छ ।
-रेडिङबाट भीम बानियाँ