दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनको ल्होछार सम्पन्न

दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनको ल्होछार सम्पन्न


IMG_0181

IMG_0183

IMG_0187लण्डन ः दिनांक १० जनवरी २०१४को दिन प्लमस्टिड, लण्डन स्थित एसियन कम्यूनिटि हलमा दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनको सन् २०१४ सालको तमु ल्होछार कार्यक्रम अत्यन्त भव्यताको साथमा सम्पन्न भएको छ । समाजका अध्यक्ष क्या.रि. नारायणबहादुर गुरुङ, एमभिओको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमलाई समाजका महासचिव सुमन गुरुङले सञ्चालन गरेका थिए । समाजको उपाध्यक्ष हिराप्रसाद गुरुङको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमका अतिथिहरुमा विभिन्न संघसंस्थाहरुका प्रत्तिनिधिहरु, बौद्धिक व्यक्तित्वहरु लगायत व्यक्तिगत पाहुनाहरुको बाक्लो उपस्थिति रहेको थियो । यस कार्यक्रमका प्रमुख अतिथिमा तमुधि यूकेका अध्यक्ष रामचन्द्र (सुर्जे) गुरुङ तथा विशेष अतिथिमा लण्डन बारो अफ हान्स्लोका उपमेयर तथा काउन्सिलर विष्णु गुरुङ रहेका थिए । सदाझै राष्ट्रिय गानबाट शुरु भएको यस वर्षको कार्यक्रममा सांस्कृतिक कार्यक्रमका लागि नेपालबाट आएका लोक गायक राजु गुरुङ लगायत स्थानीय कलाकारहरु धेरै थिए । साँझ ६बजेबाट शुरु भएको कार्यक्रम मध्यन्ह राती १२बजे समापन भएको थियो । यस कार्यक्रममा नवनिर्वाचित अध्यक्ष तथा समाजको हाउजिङ कोअर्डिनेटर श्रीचन्द्र गुरुङ तथा निवर्तमान अध्यक्ष क्या.रि. नारायणबहादुर गुरुङ, एमभिओको पदिय हस्तान्तरण कार्यक्रमपनि सुसम्पन्न भएको थियो । नवनिर्वाचित अध्यक्षले आफ्नो प्रत्तिबद्धता, हाउजिङ अथवा सामुदायिक भवन निर्माणको योजनाबारे आफ्नो सम्बोधनको क्रममा प्रकाश पारेका थिए । यसै कार्यक्रममा समाजमा विशिष्ट योगदान तथा सराहनीय कार्य गरेका तथा उच्च शिक्षा हासिल गरेका व्यक्तित्वहरुलाई प्रशंसा पत्र साथै खादा ओढाएर सम्मान गरेका थिए । मन्तब्य प्रकट गर्नेहरुमा विशेष अतिथि तथा प्रमुख अतिथि रहेका थिए । प्रथम चरणको कार्यक्रमलाई सभाध्यक्ष क्या.रि. नारायणबहादुर गुरुङ, एमभिओले धन्यवाद ज्ञापन गरेर समापन गरेका थिए । दोश्रो चरणको कार्यक्रम सांस्कृतिक अर्थात मनोरञ्जनको कार्यक्रम रहेको थियो जसलाई उद्घोषकहरु क्रमशः डा.सुदर्शन गुरुङ, सुष्मिता गुरुङ, सुर्य गुरुङ तथा महिमा गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रम अत्यन्त रोचक र मनोरञ्जनपूर्ण रहेको थियो । ल्होछार कार्यक्रममा उपस्थित भएका धेरैजसोले सांस्कृतिक कार्यक्रमको दौरान राजु गुरुङको गीतमा जमेर पसिनामा लोथपोथ हँुदै नाचेका थिए साथै सम्मान स्वरुप खुशी भएर राजु गुरुङलाई फूल स्वरुप पैसा सिरको टोपीमा सिउरिदिने व्यक्तिहरुको लाम पनि हेर्न लायक रहेको थियो ।