ग्रेटर रिडिङ नेपाली समाजको संयोजनमा एमआरपी दर्खास्त संकलन

ग्रेटर रिडिङ नेपाली समाजको संयोजनमा एमआरपी दर्खास्त संकलन


IMG_3109रिडिङ । बेलायतस्थित नेपाली दूताबासको आयोजना तथा ग्रेटर रिडिङग नेपाली समाज यूके को संयोजनमा मेसिन रिडेबल राहदानी अर्थात् एमआरपीको लागि दर्खास्त संकलन कार्यक्रम सम्पन्न भएकोछ । सन २०१४ को नोवेम्बरअगाबै हस्त लिखित राहदानी प्रतिस्थापन गरी एमआरपी राहदानी लिई सक्नु पर्ने नागरिक उद्द्यन संगठनको प्राबधान रहेको छ। हस्तलिखित राहदानी लिई बिदेशमा बसोबास गरी रहेका नेपाली हरुले भीसाको लागि कम्तीमा छ महिना राहदानी बहाल अबधी रहनु पर्ने नियमको कारणले भीसा नवीकरन गर्नु परेमा वा अन्य देशमा भ्रमण गर्नु पर्ने ब्यक्तिहरुले आगामी मे २०१५ भित्र एमआरपी लिई सक्नु पर्ने हुन्छ । राहदानी बिभाग पररास्ट्र मन्त्रालयको नीतिअनुरुप बिभिन्न देशको नेपाली दूताबासमार्फत एमआरपी बितरण कार्य भइरहेको छ । सोहीअनुसार सेवा चुस्त र शीघ्र रुपमा सर्बसाधारणलाई प्रदान गर्न बेलायतस्थित नेपाली दूताबासले बेलायतका बिभिन्न शहरमा घुम्ती सेवा उपलब्ध गराई सो सुबिधा दिने क्रममा बेलायतको रिडिङवरपर बस्ने नेपालीहरुको लागि सो कार्यक्रम आयोजना गरेको थियो ।

MRP Sibirशिबिरमा कारीब ३७५ जनाले सेवा लिएको जसबाट रिडिङबाट लण्डन यात्रा गर्नु पर्ने असुबिधा, प्रोढ ब्यक्तिहरुलाई पर्ने सकस, फाराम त्रुटी भएमा पर्ने झन्झटबाट राहत पाउनुका साथै ३७५ जना नेपालीले यात्रा गर्दा लाग्ने खर्च सो दिन काम छोड्नुपर्दा हुने आम्दानीको नोक्सानी गरी नेपालीको करीब २० हजार पाउन्ड शिबिरबाट जोगिएको जानकारी संयोजक महासचिब यादब श्रेष्ठले दिए । शिबिरमा उपलब्ध सुबिधाले बिशेष गरेर अशक्त नेपाली जन समुदायले सर्ब शुलभ तवरमा सेवा लिई कार्यक्रम सफलरुपमा सम्पन्न भएकोमा आफू सन्तुठ भएको समाजका अध्यक्ष किर्ती बिलास पन्तले बताए । बिदेशस्थित नियोगबाट नोवेम्बर २०१४ सम्ममा ३०१०९६ ःच्ए जारी भइसकेको जानकारी गराइएको शिबिरको समापन समारोहमा का बा राजदूत तेज बहादुर छेत्रीले दूताबासले सन्चालन गर्दै आएको एमआरपी घुम्ती सेवा ज्यादै लोक प्रिय भएको बताउँदै कार्यक्रममा स्वएंसेवकहरुले दिएको सह्राहनीय भूमिकाको प्रसंशा गरेकाथिए। दूताबासको यस्तो जनप्रेमी सेवाबाट बेलायतस्थित नागरिकले दूताबासप्रति ज्यादै साकारात्मक धारणा बनाएको बिचार राख्दै समाजका उपाध्यक्ष रमेश बस्तोलाले सबैलाई धन्यवाद दिएकाथिए ।
MRP1
-यादब