आजको पञ्चाङ्ग एवम् राशिफल (२८ चैत २०८० बुधबार, १० अप्रिल २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ चैत २०८० बुधबार, १० अप्रिल २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८० चैत २८ गते तद्अनुसार सन् २०२४ अप्रिल १० तारिख बुधबार चैत्र शुक्ल पक्षको द्वितीया तिथि अश्विनी नक्षत्र ७ः१७ पर भरणी नक्षत्र विषकुम्भ योग बालव करण आनन्दादिमा मृत्यु योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४६ मा भयो र सूर्यास्त साँझ १८ः२६ मा हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन तपाईंको अनुकुल नै रहला । अप्ठ्यारो परिस्थितिमा पनि काम बन्नेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ भने सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । आरोग्यता रहनेछ । साझेदारीको काम बन्नेछ ।

वृष – लगनशीलताले राम्रै उपलब्धि दिलाउने तथा समय लागे पनि गरेको काम सम्पादन हुने समय छ । आश मारेको कार्यको फल पनि पुनः प्राप्त हुने योग छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने योग रहेकोले सचेत भइ कार्य–व्यवहार गर्नु हितकर हुनेछ । परिवारजनको सहयोग लिने प्रयत्न गर्नुहोला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । यात्रापरक काम बन्ने देखिन्छ ।

मिथुन – केही चुनौतीको सामना गर्नुपर्ने समय छ । स्वास्थ्यमा अलिक कमजोरी अनुभूति हुन सक्छ । व्यापार-व्यवसायमा लाभ हुनेछ भने व्यावसाय विस्तारका लागि यात्रा पनि हुन सक्ने देखिन्छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, विवेकले काम लिने प्रयत्न गर्नुहोला । पराक्रमका साथै बौद्धिकता र रचनात्मकता बढ्नेछ भने समस्याको समाधान प्राप्त हुनेछ । मान पुरस्कार प्राप्तिको योग छ ।

कर्कट – व्यस्तता बढेपनि दिन मनोरञ्जनपूर्ण रहनेछ । कार्ययोजनामा सफलता पाइएला । दाम्पत्य सम्बन्धमा रमाउने समय छ । प्रेमको बन्धन कसिएर जाला । सोख पूर्तिका लागि खर्च बढ्ने योग छ । सवल स्वास्थ्यका लागि खानपानमा सजग रहनु हितकर होला । आलस्यले गर्दा अवसर गुम्न सक्छ, ध्यान राख्नुहोला । आफ्ना कुरा तौलेरमात्र व्यक्त गर्नु बुद्धिमानी सावित हुनेछ । साथीभाइको सहयोग प्राप्त हुनाले सुखको भाव पैदा हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह – दिन शुभदायी देखिन्छ । आम्दानी राम्रैसँग वृद्धि हुने र नयाँ सवारी साधनप्राप्तिको योग रहेको छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । बिनाप्रतिस्पर्धा फाइदा हुने समय छ । तथापि, अरूको मात्र भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्ने कुरा मनन गरी कदम अघिबढाउनु उचित हुनेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख बढ्ने योग छ ।

कन्या – प्रतिस्पर्धामा विजयी भइने र रोकिएका काम बन्नाले उत्साह जाग्ने समय छ । आफ्नो अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिने योग छ । मित्रजन एवम् सहयोगीहरूले राम्रो साथ दिनेछन् । दौडधुपका साथै जोखिम केही बढ्ने देखिन्छ । समस्याको समाधान मिल्नेछ ।

तुला – इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउन सक्ने समय रहेकोले विशेष सावधानी अपनाउनु हितकर होला । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा ज्यादा फलदायी हुनेछ । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । सामर्थ्र्यका साथै खर्चको मात्रा पनि बढ्ने देखिन्छ, ध्यान राख्नुहोला । व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति बन्ला । आफ्नै कमजोरीले विवादमा पर्न सकिने सम्भावना रहेकोले बोली र व्यवहारमा विशेष संयमता अपनाउनुहोला ।

वृश्चिक – व्यापार-व्यवसाय लगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुने समय भएपनि मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ । अध्ययन तथा पठनपाठन एवम् लेखनमा खासै मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् । स्वादिष्ट भोजनमा मन रमाउनेछ । आरोग्यता रहला । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता रहनेछ ।

धनु – आजको दिन मिश्रित फलदायी रहला । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा हितकर हुनेछ । पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ । भेटघाटको अलमलले नोक्सान पुऱ्याउन सक्छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने सम्भवना छ । प्रतिकुलताका बाबजुद प्रेमभाव वृद्धि हुनेछ । कर्मबल बढ्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । तथापि, अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनसक्छ । कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ, प्रयत्न गर्नु उचित होला । नियमकानूनले साथ दिनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ – पुरानो चालले काम बिग्रन सक्छ, त्यसैले आफूलाई परिमार्जित गरी व्यवहार गर्ने कोशिस गर्नु हितकर होला । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा त्यत्ति लाभ नभएपनि अन्य माध्यमबाट धन आर्जन गर्ने अवसर जुर्न सक्छ । पारिवारिक जमघटमा मन रमाउनेछ ।

मीन – लगनशीलताले राम्रै उपलब्धि दिलाउने र बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिने समय छ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । रसरागमा आकर्षण रहला । आफन्तको साथ मिल्नेछ ।