आजको पञ्चाङ्ग एवम् राशिफल (२९ चैत २०८० बिहीबार, ११ अप्रिल २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२९ चैत २०८० बिहीबार, ११ अप्रिल २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८० चैत २९ गते तद्अनुसार सन् २०२४ अप्रिल ११ तारिख बिहीबार चैत्र शुक्ल तृतीया तिथि भरणी नक्षत्र ६ः११ पर कृतिका नक्षत्र प्रीति योग तैतिल करण आनन्दादिमा पद्म योग चन्द्रमा मेष राशिमा ११ः५७ बजेसम्म त्यसपछि वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४५ मा भयो र सूर्यास्त साँझ १८ः२६ मा हुनेछ । मत्स्य जयन्ती, मत्स्येन्द्रनाथ मेला, गौरीव्रत ।

आजको राशिफल

मेष – प्रतिस्पर्धामा केही कमजोर सावित हुनुपर्ने समय भएपनि आज आज तपाईंलाई परिवार तथा मित्रजनको सहयोग प्राप्त होला । साथै, धनलाभको पनि योग रहेको छ । व्यापार-व्यवसायमा लगानी बढाउन चाहे उपयुक्त दिन छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । यात्रामा सफलता र रसरागात्म कार्यमा आकर्षण रहला । रोकिएको काम दोहोऱ्याएर गरे सफलता मिल्नेछ ।

वृष – समय शुभदायी छ । मन प्रशन्न रहला । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने देखिन्छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । अध्ययन तथा अध्यापन कार्यमा पनि प्रगति हुनेछ । ब्यापारबाट राम्रै धनलाभ हुनेछ । भौतिक साधनहरू जुट्नेछन् । सकारात्मक कार्यमा व्यस्तता बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम पनि बन्नेछ ।

मिथुन – लाभको काम प्रारम्भ गर्ने समय छ । गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् । काममा स्थानान्तरणको सम्भावना पनि देखिन्छ । साझेदारीको काममा पनि राम्रै फाइदा हुनेछ । पढाइलेखाइमा प्रगतिको समय छ । तथापि, बन्धुबान्धवसँग असमझदारी बढ्ने योग रहेकोले होसियारी अपनाउनु हितकर हुनेछ । पराक्रम वृद्धि हुनेछ । शत्रुपक्ष परास्त हुनेछ । यात्रा सुखद रहलला ।

कर्कट – आजको दिन राम्रै भएपनि आर्थिक कारोबार गर्दा सचेत हुनुका साथै अति आवश्यक बाहेकको अवस्थामा कारोबार नगर्नु नै उचित हुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ । विपरीतलिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा फजुल खर्च बढ्न सक्छ । प्रतिस्पर्धीहरूले तपाईंको स्थान ओगट्न सक्छन्, ध्यान राख्नुहोला । कर्मबल वृद्धि हुनेछ ।

सिंह – आजको दिन मिश्रित फलदायी रहला । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ, तर बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । केही अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । हातमा आएका महत्वपूर्ण अवसर गुम्नसक्ने योग छ, ध्यान राख्नुहोला । सवारीसाधन वा हातहतियार उपयोग गर्दा आज विशेष सावधानी अपनाउनु हितकर हुनेछ । रसरागको भाव जागृत होला ।

कन्या – व्यस्तता बढ्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ भने भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्ने छन् । कृषि, पशुधनबाट पनि राम्रै लाभ मिल्नेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्ने योग भएकोले सावधानी अपनाउनुहोला । खर्च केही वृद्धि हुनसक्छ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – प्रतिभाको उच्च मूल्यांकन हुने समय छ । नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा होला । समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्ने योग रहेकोले सावधानीसाथ विवेक पुऱ्याएर व्यवहार गर्नुहोला । मान-सम्मानमा चोट पुग्ने अवस्थाबाट बच्न सावधानीको दरकार छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । साहसिक काममा आकर्षण रहनेछ ।

वृश्चिक – समयमा काम पूरा नहुनाले महत्वपूर्ण अवसर गुम्न सक्छ । अनुकुलताको अभावमा पनि जिम्मेवारी बढ्नेछ भने जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ । स्थायी सम्पत्तिका विषयमा केही विवाद आउन सक्छ । अन्धविश्वासको आधारमा काम गर्नाले दुःख पाइएला । धार्मिक काममा बाधा सृजना हुन सक्छ , तर रमाइलो यात्राको योग छ । आरोग्यता रहनेछ ।

धनु – परिवारिक सुख/उत्साह बढ्ने समय छ र पनि व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । मानसम्मानका साथमा आम्दानी भने बढ्ने योग छ । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ । राष्ट्रियस्तरको मानसम्मान प्राप्तिको सम्भावना छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । मिठो भोजन प्राप्त होला । आफन्तको साथ मिल्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – परिवारजनको सहयोगले उत्साह बढाउने समय छ । स्वास्थ्यका लागि खानपानमा ध्यान दिनु जरुरी छ । उत्साहवर्द्धक समाचार सुन्न पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनाले भएको दायित्व पूरा गर्नुहुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

कुम्भ – कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने दिन छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ला । स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने अध्ययन-अध्यापनमा रहेकाहरूलाई फाइदाको दिन रहेको छ । पराक्रम बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

मीन – व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । विलासितामा खर्च बढ्नेछ । उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ । आफन्तको साथ मिल्नेछ भने साझेदारीको काम बन्नेछ स्वास्थ्य केही कमजोर रहला, ध्यान राख्नुहोस् ।