आजको पञ्चाङ्ग एवम् राशिफल (३० चैत २०८० शुक्रबार, १२ अप्रिल २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (३० चैत २०८० शुक्रबार, १२ अप्रिल २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८० चैत ३० गते तद्अनुसार सन् २०२४ अप्रिल १२ तारिख शुक्रबार चैत्र शुक्ल शुक्षको चतुर्थी तिथि रोहिणी नक्षत्र ८ः४० आयुष्मान योग बब करण आनन्दादिमा मित्र योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४४ मा भयो र सूर्यास्त साँझ १८ः२७ मा हुनेछ । विश्व ज्योतिष महासंघ स्थापना दिवस ।

आजको राशिफल

मेष – आजको दिन ज्यादा समय अरूका काममा बित्न सक्छ । सीमित उपलब्धि प्राप्त गर्न पनि निकै मिहिनेत गर्नुपर्ने योग छ । प्रयत्नका बाबजुद काम अधुरो रहनाले मनान खिन्नता बढ्ने सम्भावना छ । सामान्य स्वास्थ्यगत समस्या पनि पर्न सक्छ, सावधान रहनुहोला । इष्टमित्रको सहयोग प्राप्त हुने देखिन्छ । यात्रापरक काम भने बन्नेछ ।

वृष – सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने योग छ । आज मेहनतअनुसार फाइदा भने कम नै होला । लेनदेनमा विवाद हुने समय छ । विगतका समस्या बल्झिन सक्छन्, विशेष सावधानीका साथ व्यवहार गर्नु उचित हुनेछ । रचनात्मक काममा सफलता मिल्नेछ भने साहस बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – पराक्रम बढेपनि दिन खासै उपलब्धिमूलक नरहला । मेहनतअनुसार फाइदा कमै होला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नुहोला । कुटिल चाल चल्नेहरूले फसाउन सक्ने योग रहेकोले विशेष सचेत भइ व्यवहार गर्नु हितकर हुनेछ । यात्रागत कार्यमा भने सफलता मिल्ने देखिन्छ ।

कर्कट – दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । प्रतिस्पर्धामा विजयी भइनेछ भने आर्थिक क्रियाकलापसँग सम्बन्धित विषयमा सफलता मिल्नेछ । आम्दानी वृद्धि भइ परिवारजनका आवश्यकता पूरा हुनेछन् । व्यापार–व्यवसायमा मिलेको सफलताले उत्साह बढाउला । मिठो भोजन प्राप्त हुनेछ । कर्मबल वृद्धि होला । मित्रजनको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ भने रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेर अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । कर्मबल बढ्नेछ । रसरागात्मक कार्यक्रममा आकर्षण बढ्नेछ । यात्रागत कार्य सफल रहला । पारिवारिक सुखशान्ति बढ्नेछ ।

कन्या – हार नमानी प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुने समय छ । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले आजको दिन हरेक विधि-व्यवहारमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई विशेष लाभकै दिन छ । आजको दिन सवारीसाधन उपयोग गर्दा अलिक सावधानी अपनाउनु हितकर हुनेछ । भाग्यबल वृद्धि होला । समस्याको समाधान मिल्नेछ । आफन्तजनको साथ प्राप्त हुनेछ ।

तुला – दौडधुप वृद्धि हुने भएपनि लाभकारी काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । कामको चापबाट फुर्सद मिल्ने र रमाइलो यात्रा गर्ने अवसर जुट्ने योग छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ । कार्य–व्यवहारमा सफलता प्राप्त होला ।

वृश्चिक – शुभता बढ्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने साझेदारीको काममा राम्रै लाभ मिल्ने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउला । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य जीवन सुखमय रहला । सामर्थ्य वृद्धि हुनेछ । मिहिनेतले रोकिएको काम बन्नेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । आरोग्यता रहनेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । शत्रुपक्ष परास्त हुनेछ ।

धनु – आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । तपाईंको इर्ष्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन्, विशेष सजगता अपनाउनु हितकर हुनेछ । आफ्ना योजना गोप्य राखेर अघि बढ्ने प्रयत्न गर्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर – आजको दिन सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, विशेष सजग रहनुहोला । व्यवसायिक काममा खर्च बढ्नेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउला । पढाइलेखाइमा भने प्रगति गर्न सकिने समय छ । प्रेमभाव बढ्नेछ, मिठो भोजन प्राप्त हुनेछ । विशेष परिस्थितिमा नियमकानूनले साथ दिनेछ ।

कुम्भ – व्यस्तता वृद्धि हुनेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । रुचिका विषयमा लगानी बढाउन सकिएला । विभिन्न अवसरले पछ्याउनेछन् । तर व्यापारमा सोचेको फाइदा उठाउन मुस्किल पर्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल परेपनि अन्ततः सफलता मिल्नेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – भविष्यका लागि विशेष काममा जग बसाउने मौका जुर्ला । व्यापारमा राम्रै फाइदा हुनेछ । विभिन्न सहयोग र उपहार पाइने समय छ । आयआर्जन पनि राम्रै हुने योग छ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । पराक्रम वृद्धि हुनेछ । आफन्तजनको साथ मिल्नेछ ।