आजको पञ्चाङ्ग एवम् राशिफल (१ वैशाख २०८१ शनिबार, १३ अप्रिल २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१ वैशाख २०८१ शनिबार, १३ अप्रिल २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ गते तद्अनुसार सन् २०२४ अप्रिल १३ तारिख शनिबार चैत्र शुक्ल पञ्चमी तिथि मृगशिरा नक्षत्र सौभाग्य योग १ः२३ पर शोभन योग कौलव करण आनन्दादिमा वज्र योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४३ मा भयो र सूर्यास्त साँझ १८ः२७ मा हुनेछ । भद्रा बिहान ९ः५६ देखि राति २३ बजेसम्म । नववर्षारम्भ, वैशाख संक्रान्ति ।

आजको राशिफल

मेष – समय शुभदायी छ । मान-सम्मान, प्रतिष्ठा पाइने दिन छ । नसोचेको लाभ मिल्न सक्छ । काममा देखापरेका चुनौतीहरू स्वतः हट्नेछन् भने आम्दानीले पछ्याउने योग छ । प्रेमभाव बढ्नेछ । रोकिएको काम बन्नेछ । मिठो भोजन प्राप्त होला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । मित्रजनको सहयोग हासिल होला ।

वृष – शुभता बढ्नेछ । प्रयास गरेको काम चाहेकै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने दिन छ । स्वास्थ्य केही प्रतिकूल रहला, तथापि हिम्मतले काम लिन सकिएला । अप्ठ्यारो चुनौतीसँग सम्झौता गर्नुपर्ने योग छ, सचेत रहनुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । पारिवारिक सुखका साथै आफन्तको साथ मिल्नेछ ।

मिथुन – शुभता बढ्ने समय छ । व्यवसायमा लगानी वृद्धि होला । मातृ-माध्यमबाट काम बन्न सक्छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला, तर समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्न सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।

सिंह – दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । यात्रागत कार्य सफल हुनेछ । स्वास्थ्य सबल रहनेछ भने काममा फाइदाको योग छ । रसरागको भाव वृद्धि होला । पारिवारिक सुखशान्ति रहनेछ ।

कन्या – भाग्यबल बढ्नेछ । कर्मको उचित प्रतिफल प्राप्त हुने समय छ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन हुने समय छ । व्यावसायिक यात्राको सम्भावना पनि छ । दाम्पत्य जीवन रमाइलो रहला । सुख वृद्धि हुनेछ । साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ । पराक्रम वृद्धि होला । मान महत्व बढ्नेछ । आफन्तको साथ प्राप्त होला ।

तुला – दौडधुप बढ्नेछ भने जोखिम वृद्धि हुनेछ । तथापि, प्रियजनसँगको भेटघाटले दिन रमाइलो होला । नयाँ ज्ञान सिक्ने एवम् व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ, सचेत रहनुहोला । नजिकका साथीभाइ टाढिन सक्छन्, महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ । धन सम्पदामा बढोत्तरी हुनेछ ।

वृश्चिक – मनमा कता-कता डरको भाव भएपनि आजको दिन विभिन्न अवसरले पछ्याउन सक्छ । बोलीको प्रभाव बढ्नेछ भने ठीक समयमा सही निर्णय लिन सकिने समय छ । आश मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । दाम्पत्यसुख बढ्नेछ । शुभता बढेर रोकिएको काम बन्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । आरोग्यता रहनेछ ।

धनु – कार्यसम्पादन गर्ने क्षमता बढेपनि केही अवसर फुत्कन सक्छन, ध्यान राख्नुहोला । सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान राख्नु हितकर हुनेछ । धेरैको मन लोभ्याउन सकिने समय छ । मिठो भोजन प्राप्त होला । गीतसंगीत एवम् रसरागात्मक काममा आकर्षण रहनेछ ।

मकर – परिवारजनसँग आत्मीयता बढ्ने समय छ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्, सचेत रहनुहोला । गल्तीबिनै आरोप लाग्नसक्ने योग छ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण बढ्ला । सन्तानसुख बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – अरूको फाइदाका लागि उपयोग भइने समय छ भने परिस्थिति आफ्ना लागि अलिक प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताउला । थिचोमिचो गर्नेहरू भारी पर्न सक्छन्, ध्यान राख्नुहोला । ठगीमा परिने योग छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनु हितकर होला । व्यस्तता बढ्नेछ ।

मीन – दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । विशेष सभा-समारोहमा सहभागी हुने अवसर मिल्ला । तार्किक क्षमता बढ्नेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइएला । पराक्रम वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।