भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा २९ माओवादी विद्रोहीको मृत्यु

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा २९ माओवादी विद्रोहीको मृत्यु


सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा २९ जना माओवादी विद्रोहीको मृत्यु भएको एजेन्सीहरुले जनाएका छन् ।

सुदूरपूर्वी राज्य छत्तीसगढमा छापामारहरूको मृत्यु भएको हो । यो वर्ष भारतीय माओवादी समूहले प्रशासनसँगको झडपमा आफ्ना ७० भन्दा बढी लडाकु गुमाएको छ ।

बस्तर जिल्लाका प्रहरी महानिरीक्षक सुन्दरराज पट्टीलिङमलाई उद्धृत गर्दै बताइएअनुसार राज्यको छत्तिसगढको राजधानी रायपुरको दक्षिणमा पर्ने काँकर जिल्लामा २९ जनाको मृत्यु भएको हो ।

उक्त झडपमा तीन जना सुरक्षाकर्मी पनि घाइते भएका छन् । छत्तीसगढमा सबैभन्दा बढी माओवादी मारिएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

मध्य, दक्षिणी र पूर्वी राज्यहरूमा फैलिएको तर आकारमा खुम्चिएको विद्रोही बहुल ’रेड करिडोर’ मा भारतले माओवादी विद्रोहीहरूसँग लड्न दशौं हजार सुरक्षाकर्मी तैनाथ गरेको छ ।

भारतमा नक्सलवादी भनेर चिनिने र ग्रामीण गरिबका लागि लडिरहेको बताउने विद्रोही समूहले सन् १९६७ देखि भूमिगत रूपमा सङ्गठन गर्दै छापामार युद्ध गर्दै आएका छन् ।

नयाँ दिल्लीले दुर्गम क्षेत्रमा पूर्वाधार विकासमा करोडौं डलर लगानी गरेको छ र सन् २०२३ मा विद्रोहलाई ४५ जिल्लामा सीमित गरेको दाबी गरेको छ ।