लण्डन । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतको आयोजनामा गत ११ तारिख, २९३ औं पृथ्वी जयन्ती एक कार्यक्रम गरी लण्डनमा मनाइएको छ । सो संगठनले आइतबार आयोजना गरेको पृथ्वी जयन्ती तथा राष्टिय एकता दिवसको उक्त कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संघसंस्था, राजनीतिक दलका प्रतिनिधिसंगै सर्वसाधारणको सहभागिता थियो । देशमा विखण्डनको जोखिम बढेको तथा इतिहासको धरोधरलाई अपमानित गर्ने किसिमका कार्यहरुले विद्यमान भएको सन्दर्भलाई मध्यनजर राखेर प्रवासमा पृथ्वीनारायणन शाहको नेपाल एकीकरणकोमहामालाई ईज्जत दिनको लागि पनि संगठनको मुख्य अभिप्राय रहेको बताइएको छ ।
संगठनका अध्यक्ष भरत क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रमका सहभागीहरुलाई उत्तम खड्काले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रमका प्रमुख अतिथी बुद्धिजिवी डा। राघवप्रसाद धितालले संघीयताको नाममा देश टुक्रिने खतरा बढिरहंदा राष्ट्र एकीकरण गर्ने पृथ्वीनारायण शाहको एकताको सन्देश अझै सान्दर्भिक बनेको बताएका थिए । इतिहासलाई मेट्ने काम गरिनुहुँदैन भन्ने मन्तव्य आफ्नो बोल्ने क्रममा एनआरएनयूकेका अध्यक्ष महेन्द्र कँडेलले राखेका थिए । संयुक्त राष्ट्रवादी नेपाली संगठनले पृथ्वी जयन्तीको अवसरमा सन् २०१० देखि हरेक वर्ष लण्डनमा कार्यक्रम गर्दै आएको छ र योपालि सर्वसाधारणहरुको राम्रो सहभागिता रहेको थियो ।
कार्यक्रममा विज्ञान प्रसाईं, बाचस्पति रेग्मी, सुरेशजंग शाह, उमेश मोक्तान, रोशन सापकोटा, एभरेष्ट गौतम, ध्रुव के.सी., विकलचन्द्र आचार्य, वसन्त शाहलगायतले पृथ्वीनारायण शाहको एकीकरणको तत्कालीन महत्व अनि एकताको सन्देश आदिको बारेमा आआफ्नो मन्तव्यमा बोलेका थिए । संगठनका नारायण अधिकारीले सञ्चालन गरेको सो कार्यक्रममा गरेसहभागीहरुले पृथ्वी नारायणको तस्वीरमा माल्यार्पण गरेका थिए ।
Picture:Bharat Rokka
प्रतिक्रिया