मकर संक्रान्ति र यसको बिशेषता

मकर संक्रान्ति र यसको बिशेषता


ladduमाघे संक्रान्तिलाई मकर सक्रान्ति र माघीको रुपमा पनि चिन्ने गरिन्छ । यो माघको पहिलो दिन पर्दछ । माघे सक्रन्तिकै दिनबाट सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकोले बिषयसलाई मकर संक्रान्ति भनिएको कुरा ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ । यसै दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रबेश गर्दछ जसले गर्दा दिन लामो र रात छोटो हुँदै जान्छ । खासगरी नेपालको परम्परा अक्सर माघे संक्रन्तिका दिन पवित्र तथा शु४ नदी तथा त्रिबेणीमा गएर स्नान गर्ने पूजाआजा गर्ने र घिउ, चाकु र तिलको लड्डु खाने परम्परा चल्दै आएको छ । धर्मसिन्धु, भविष्यपुराण र बिष्णु बचनमा यस दिन घिउ, चाकु, तरुल तथा वस्त्र आदिको दान गर्नाले बिशेष फल प्राप्त हुने र आफ्नो शरीरलाई पनि पोषिलो हुने र निरोगी बन्ने उल्लेख गरिएको छ । साथै उक्त दिनलाई मीठो खाने, राम्रो लाउने र भलो सुन्ने पवित्र दिनको रुपमा पनि लिँदै आएको पाइन्छ ।

FullSizeRender (1)जाडोयाममा पर्ने यस दिनमा खासगरी घिउ, चाकु, तिलका लड्डु तथा खिचडीको सेवनले हाम्रो शरीरमा गर्मीको मात्रा बढ्ने र तागत दिने हुँदा चिसोबाट मुक्त हुन सकिने यथार्थता पनि यसमा पाउन सकिन्छ । आजको दिनमा नेपालका विभिन्न प्रमुख गंगा तथा नदीहरु जस्तै देवघाट, कन्काई, पनौती, बराहक्षेत्र, रिडी तथा दोलालघाटमा स्नान तथा दान गर्नेहरुको निकै ठूलो भिड लाग्ने गर्दछ । यसरी हेर्दा माघे सक्रान्तिको यस दिनलाई धार्मिक तथा सामाजिक सदभावको रुपमा लिन सकिन्छ, भने हिजोआज विदेशतिर पनि यसको प्रभाव प्रशस्त मात्रामा देख्न सकिन्छ । विभिन्न सामाजिक संजालहरुमा राखिएका फोटोहरु तथा शुभकामना आदानप्रदानबाट स्पष्ट हुन्छ कि एकआपसमा रमाइलो गरी आफ्नो सामाजिक परम्परालाई जगेर्ना गर्नलाइ सबैले लागिपरेको अनुमान गर्न सकिन्छ ।

IMG_8650 माघे सक्रन्तिलाई मगरहरुले महत्वपूर्ण पर्वको रुपमा मनाउने गर्दछन् । राष्ट्रिय पर्वको रुपमा घोषित यस पर्वलाई बिशेषगरी चेलीबेटी पुज्ने र पितृ पूजा गर्दै तीन दिनसम्म भव्य रुपमा मनाउने गरेको पाइन्छ । पहिलो दिन कूल(कूलायन पूजा, दोस्रो दिन बनभोज अर्थात् “माघ खाने” र तेस्रो दिन पुरुषहरु भेला भएर तारो हान्ने प्रचलन रहेको छ । यसरी हेर्दा बिबिध सांस्कृतिक र परम्परा रहेको नेपालीहरुमा यस पर्वको आ(आफ्नो किसिमको महत्व रहँदै आएको छ र सबैले यसलाई समय सापेक्ष अगाडि बढाउँदै लानुपर्दछ ।