लन्डन । भूतपूर्व गुर्खाहरुका अठारह वर्ष पूरा भई वालिग भएका र तीस वर्ष ननाघेका सन्तानहरुले समेत अब यूकेमा आवासीय अधिकार पाउने भएका छन् । माघे संक्रान्तिको अवसर पारेर गुर्खाहरुको मागहरुमध्येको एक मागको सुनुवाई भएको यो फैसलाले तिनलाई एक उपहारको रुपमा प्रदान गरेको छ । भू.पू. गुर्खाहरुको लामो आन्दोलनपछि पनि बेलायत सरकारले ओभर १८ अर्थात् १८ वर्ष नाघेका सन्तानलाई आवासीय अधिकार दिइरहेको थिएन । तर बेलायतको गृह मन्त्रालयले ५ जनवरीदेखि जारी गरेको नयां नीतिमा केही अवस्थाहरुसहित तीस वर्ष सम्मका सन्तानले बेलायतको आवासीय अधिकार पाउने भएका छन् ।
बेलायती नेपाली समाजमा प्रख्यात रहेका सोलिसिटर राजु थापाले सामाजिक संजालमार्फत दिएका जानकारीअनुसार, -अविवाहित हुनु पर्ने, सन् २००९ मा विशेष व्यवस्थाबाट आवासीय अधिकार प्राप्त गरेका परिवारसंग हाल पनि आर्थिक र भावनात्मक रुपमा आश्रित हुनुपर्ने, उक्त नयां नीति बेलायत बाहिरबाट मात्र लागू हुने, बेलायतमै रहेका वालिगसन्तानहरुले पुन: नेपाल फर्केर भीसा आवेदन दिन सक्ने छन्।
picture;Telegraph
प्रतिक्रिया