जीबी राई पक्राउ नपर्नुको खुल्यो रहस्य !

जीबी राई पक्राउ नपर्नुको खुल्यो रहस्य !


सहकारी ठगी प्रकरणमा सर्वाधिक खोजी र चर्चाको पात्र बनेको जीबी राई प्रहरी नियन्त्रणमा नआउनुको रहस्य खुलेको छ । सहकारी खोलेर सर्वसाधारण जनताको अर्बौं रूपैयाँ ठगी गरि फरार रहेका जीबी राई मलेशिया लुकेर बसेको जानकारी नेपाल प्रहरीलाई छ र, निजको गिरफ्तारीका निम्ति इण्टरपोलबाट नोटिस पनि जारी भइसकेको छ ।

नेपालसँग मलेशियाको सुपुर्दगी सन्धी नभएको भएपनि मलेशियन सरकारले राईलाई नेपाल हस्तान्तरण गर्ने तयारी गरेर त्यसको जानकारी नेपाल सरकारलाई दिएको छ । तर नेपाल सरकारले मलेशिया सरकारको आग्रहलाई नसुने झैँ गरेको छ ।

प्राप्त जानकारीअनुसार मलेशिया सरकारको मागअनुरुप नेपालको गृह मन्त्रालयले जीबी राईको पासपोर्ट र ट्राभल डकुमेण्ट रद्द गरि त्यसको जानकारी मलेशिया सरकारलाई दिनुपर्ने हुन्छ । जुन निर्णय लिन गृह मन्त्रालयको जिम्मेवारी पाएका रास्वपा सभापतिले चाहिरहेका छैनन् । राईको पासपोर्ट र ट्राभल डकुमेण्ट रद्द गरिदिएमा मलेशियन प्रहरीले तत्काल राईलाई पक्राउ गरि नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने र, ठगीमा संलग्न भएको आरोप खेपिरहेका गृहमन्त्रीको आफ्नैसमेत पोल राईले खोल्नसक्ने भएकोले गृहमन्त्री उनको पासपोर्ट र ट्राभल डकुमेण्ट खारेज गर्न अन्कनाइरहेका छन् ।

यता प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसदीय छानवीन समिति गठन गरेर गृहमन्त्रीमाथि अनुसन्धान गर्नुपर्ने माग गर्दै आएको छ । तर प्रधानमन्त्री प्रचण्ड र सत्तासाझेदार केपी ओली भने गृहमन्त्रीको बचाउमा लागेका छन् । आफूमाथि छानवीन गराएर रास्वपा सभापतिले क्लिन चिट लिनसक्ने हिम्मत पनि गर्न सकिरहेका छैनन् ।