पक्राउ परे अवैध सुन कारोबारी, मालिगाउँबाट स्रोत नखुलेको ९८ लाख रुपैयाँ बरामद

पक्राउ परे अवैध सुन कारोबारी, मालिगाउँबाट स्रोत नखुलेको ९८ लाख रुपैयाँ बरामद


राजधानीको मालिगाउँमा श्रोत नखुलेको ९८ लाख रुपैयाँ बरामद भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शुक्रबार बिहान समीर सुनार (२८) र मिलन विश्वकर्मा (२९) का साथबाट उक्त रकम बरामद गरेको हो ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका उनीहरु रुपन्देहीको सियारी गाउँपालिका-७ का बासिन्दा हुन् । सुन तस्करी गर्दै आएका उनीहरु यसअघि पक्राउ परेर छुटिसकेका व्यक्ति हुन् ।

बरामद भएको रकम सुन किनबेचमा प्रयोग गरिने प्रहरीको आशंका छ । प्रहरीले उनीहरुले प्रयोग गरेको बा१३च ४८५८ नम्बरको इको स्कोर्ट गाडी पनि बरामद गरेको कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।