अल्डरशट । अल्डरशट शिव कल्चरर एण्ड कम्युनिटि सेण्टर अल्डरशटको दोश्रो बैठक अध्यक्ष प्रकाश राउतको भव्यताका साथ सम्पन्न भएको छ । मन्दिर खरिदका लागि अर्थ संकलनको मूल उद्देश्य राखी बोलाइएको बैठकले केही महत्वपूर्ण निर्णयसमेत गरेको छ । जसमा ट्रष्टी भीम बानियाको संयोजकत्वमा २३ सदस्यीय अर्थ संकलन समितिको गठन र सो समितिलाई सहयोग गर्न सल्लाहकारहरुको मनोनयन ग¥यो । गत महाअधिवेशनले भीम बानियालाई अर्थ संकलन समितिको संयोजक मनोनयन गर्ना साथ अधिवेशनमा उपस्थित सदस्यहरुले भवन खरिदका लागि तत्काल अस्सी हजार पौण्ड दिने प्रतिवद्धता गरेका थिए । अर्थ संकलन समितीका सदस्यहरुमा हरि श्रेष्ठ फार्नवरोह, डा विनोद कुमार मिच्चट, दिपा गौर क्याम्वर्ली, रमेश वास्तोला रेडिङ, गोपाल विश्वकर्मा अल्डरशट, मिठ्ठुलाल विश्वकर्मा अल्डरशट, शेर वहादुर सुनार फार्नवरोह, अमर मल्ल फार्नवरोह, पदम खवास गीलफोर्ड, शिव निरौला नर्थक्याम्प, अन्जु थापामगर नर्थक्याम्प, रोशन सापकोटा, हितकाजी गुरुङ अल्डरशट, रोशन न्यौपाने, मेजर रुद्र खड्का नर्थक्याम्प, नरहरी कुमार बस्नेत वकिङघाम, होम कुवर फार्नवरोह, भाइराजा थापा, सुवास कायस्थ अल्डरशट, दिपक न्यौपाने, अनुप बर्मा कोभ, अशोक सेन सेल्सवरी छन् ।
यसैगरी यो समितिलाई सहयोग दिई सफल बनाउन बेलायतका प्रतिष्ठित व्यक्तीहरु सम्मिलित सल्लाहकार समितिको समेत मनोनयन गरेको छ । सल्लाहकारहरुमा हरिविभोर कार्की, प्रोफेसर सूर्य सुवेदी, डा राघव धिताल, डा.राम अधिकारी क्षेत्री, डा.विनोद कुमार, डा.कृष्ण रेग्मी, मेजर टिकेन्द्रदल देवान, डा.चन्द्र बहादुर गुरुङ, मेजर रुद्र खड्का, रमेश वास्तोला, अशोक सेन, शेर सुनार, ओम थापा, रोहित गुरुङ, हितकाजी गुरुङ, महन्त श्रेष्ठ, विश्व आदर्श पण्डित, पुरन गिरी, राज सुब्बा आदि छन् ।
यस बैठकमा पनि उपस्थित महानुभाववाट स्वःस्फूर्त रुपमा मेजर रुद्र खड्का ५हजार पौण्ड, हरि श्रेष्ट ५ हजार पौण्ड, पुरन गिरी ३ हजार पौण्ड र होम कुवर ३ हजार पौण्ड गरी १६ हजार पौण्ड संकलन भएको थियो । यसरी गत २ हप्तामा नै नेपाली मन्दिरका लागि एकलाख एकहजार पौण्ड संकलन भइसकेको छ । बैठकमा आफ्नो प्रतिवद्धता दिँदै संयोजक भीम बानियाले आफ्नो कार्य योजना आगामी बैठकमा पेश गर्ने र आफूले सबै ॐकार प्रति आस्थावानहरुको सहयोग लिई कम्तीमा तीनलाख पचासहजार पौण्ड आगामी तीन वर्षभित्र संकलन गर्ने लक्ष रहेको बताए ।
कार्यक्रमको अन्तिममा समितका महासचिव मेजर सूर्य उपाध्यायले सबैको उत्साह र भगावनको कृपादृष्टि भएकोले छिट्टै मन्दिर स्थापना हुने दृढ विश्वास भएको बताएका थिए र अध्यक्ष प्रकाश राउतले सबै चन्दादाताहरुलाई धन्यवाद दिदै कार्यक्रम सकिएको घोषणा गरेका थिए ।
शिव कल्चरर एण्ड कम्युनिटि सेण्टरबाट प्राप्त जानकारी अनुसारहालसम्म तपसीलका व्यक्ति छन् ।
योगेन वहादुर क्षेत्री ७२०० पौण्ड
रमेश बास्तोला ५५०० पौण्ड
डा. विनोद कुमार ५४०० पौण्ड
प्रकाश राउत ५००० पौण्ड
सूर्य उपाध्याय ५००० पौण्ड
सुनित जैन ५००० पौण्ड
भाइराजा थापा ५००० पौण्ड
अमर मल्ल ५००० पौण्ड
मेजर रुद्र खड्का ५००० पौण्ड
हरि श्रेष्ठ ५००० पौण्ड
भीम बानियाँ ३६०० पौण्ड
हरि भट्टराई ३६०० पौण्ड
गंगा अधिकारी ३००० पौण्ड
विक्रम भट्टराई ३००० पौण्ड
धन क्षेत्री ३००० पौण्ड
जिव बेलवासे ३००० पौण्ड
निलकण्ठ पौडेल ३००० पौण्ड
शेर बहादुर सुनार ३००० पौण्ड
ईन्द्र शर्मा ३००० पौण्ड
सुरेश जमरकट्टेल ३००० पौण्ड
यज्ञ क्षेत्री ३००० पौण्ड
पुरन गिरी ३००० पौण्ड
होम कुवर ३००० पौण्ड
रोहित गुरुङ १८०० पौण्ड
-जिव वेलवासे
प्रतिक्रिया