रुसी सेनामा नेपाली युवा : ३९ जनाको मृत्यु, करिव ३ सय सम्पर्कविहीन, ६ जना बन्धक

रुसी सेनामा नेपाली युवा : ३९ जनाको मृत्यु, करिव ३ सय सम्पर्कविहीन, ६ जना बन्धक


  • सुरेन्द्र सुवेदी, काठमाडौं

नेपालबाट रोजगारीका लागि भिजिट भिषा र श्रम स्वीकृतमा खाडी मुलुकहुँदै रुस पुगेका ३९ जना नेपाली युवाको मृत्यु भएको छ । रुस-युक्रेन युद्धमा रुसको तर्फबाट सेनामा भर्ना भएका ६ जना नेपाली युवालाई युक्रेनले बन्धक बनाएको छ भने करिव ३ सय जना सम्पर्कविहीन भएका छन् । परराष्ट्र मन्त्रालयले भने २२ जनाको मृत्यु र करिव २ सय ५० जना सम्पर्कमा नरहेको उनीहरुको परिवारबाट निवेदन परेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव अमृत राईले भने, ‘हाम्रोमा २२ जनाको मृत्यु भएको र २ सय ८३ जना सम्पर्कमा नरहेको जानकारी आएको छ, मन्त्रालयले रुसमा रहेका नेपालीलाई सकुसल नेपाल ल्याउन पहल भइरहेको छ ।’

रुस युद्धमा रहेका ६५ जना भने नेपाल फर्किएको रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीका अनुसार युक्रेनले बन्धक बनाएका नेपालीमा बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतीक पुन, चितवनका सुजन सुवेदी र मकवानपुरका ईश्वर लामिछाने छन् ।

रुसी सेनामा आवद्ध मृत्यु भएका नेपाली –

१. राजकुमार रोका, दोलखा
२. शुक्रबहादुर तामाङ, काठमाडौं
३. भरतबहादुर शाह, दोलखा
४. देवन राई, कास्की
५. प्रितम कार्की, स्याङजा
६. गंगराज मोक्तान, इलाम
७. रुपक कार्की, कपिलबस्तु
८. सन्दिप थपलिया, गोरखा
९. कुन्दनसिङ नागल, दार्चुला
१०. हरिप्रसाद अर्याल, स्याङजा
११. राजकुमार गिरी, धादिङ
१२. धनसिंह पुन, रोल्पा
१३. पूर्णबहादुर गुरुङ, धादिङ
१४. सुन्दर मोक्तान, रसुवा
१५. गंगाराम अधिकारी, झापा
१६. पदमबहादुर घिमिरे, उदयपुर
१७. सञ्जय केसी, बाँके
१८. नवीन शाही, जाजरकोट
१९. जीतबहादुर विक, बाग्लुङ
२०. अनितकुमार शाह, महोत्तरी
२१. खगेन्द्र राइका, धनकुटा
२२. सोमेश सुनार, प्युठान
२३. रामकुमार प्रधान, मकवानपुर
२४. ओमबहादुर मगर, उदयपुर
२५. भुवन पुन मगर, म्याग्दी
२६. विराजन विष्ट, कञ्चनपुर
२७. लालबहादुर घर्ती मगर, प्युठान
२८. सन्तोष विष्ट, सल्यान
२९. पूर्वा शेर्पा, दोलखा
३०. साजन गुरुङ, लम्जुङ
३१. सन्तोष गुरुङ, लम्जुङ
३२. जितबहादुर पुन, दाङ
३३. खोमबहादुर भुजेल, ओखलढुंगा
३४. लालबहादुर बुढा, रुपेन्देही
३५. नेत्रबहादुर घर्ती, रुपेन्देही
३६. घनश्यामका पुन, रोल्पा
३७. तेजबहादुर शाही, दैलेख
३८. बीरबल राइ, संखुवासभा
३९ं. टीका राना, तेह्रथुम