काङ्ग्रेस परित्यागको घोषणा

काङ्ग्रेस परित्यागको घोषणा


गएको कांग्रेस महाधिवेशनबाट महामन्त्रीमा गगनकुमार थापा, धनराज गुरुङ र विश्वप्रकाश शर्मा निर्वाचित भएपछि मैले पत्रपत्रिकामार्फत शुभकामना दिएको थिएँ । उनीहरूबाट नेपाली कांग्रेसमा पुस्तान्तरण हुने मैले ठूलो आशा राखेर शुभकामना दिएको थिएँ । तर, यसपालिको संसद्मा गगनले जुन अशिष्ट, अभद्र र अमर्यादित चरित्र देखाए, यो कांग्रेसकै इतिहासमा कलंक भएको महसूस गरें । साथै धनराज गुरुङले ओलीको नाकैनेर चोर औंला लगेर पूरै गुण्डागर्दी शैली देखाए, त्यसको भत्र्सनासमेत गर्दछु ।

कांग्रेसमा पहिलो पुस्ता भ्रष्ट र दोस्रो पुस्ता अराजक र उद्दण्ड देखियो । नेपाली कांग्रेसमा यस्तो उच्छृंखलता कहिल्यै देखिएको थिएन । रवि लामिछानेको केसमा यदि सहकारीको रकम अपचलन भएको भए अदालतमा मुद्दा हाल्ने हक हुँदाहुँदै संसद्लाई बन्धक बनाउनु कांग्रेसको अहिलेको चरित्र असंसदीय भएकाले शुभकामना फिर्ता लिनुका साथै कांग्रेसको सदस्यसमेत नरहने व्याहोरा यसै पत्रद्वारा अवगत गराउँछु ।

म एक प्रजातन्त्रवादी लेखक, कवि पनि भएकाले यस्तो उच्छृंखल पार्टीको सदस्य रहन नसुहाउने हुँदा सबैको जानकारीका लागि यति लेखेको हुँ । वीपी कोइरालाजस्ता दूरदर्शी राजनेता, गणेशमानजस्ता त्यागी, किशुनजीजस्तो आदर्शवादी नेताको पार्टी भएको आधारमा म कांग्रेसको क्रियाशील सदस्य रहिआएको थिएँ, तर आज कांग्रेसले अलोकतान्त्रिक चरित्र देखाएको हुँदा अब पार्टी नै परित्याग गर्ने घोषणा गर्दछु ।

ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’
महाकवि देवकोटा आश्रम, भक्तपुर
कांग्रेस क्रियाशील नम्बर ३३००२०२०२०८००३४०/१४,काठमाडौं ।