लण्डन । टामवोर्थस्थित भेन्च्युरा पार्कको एक म्याक डोनाल्डसमा तीस वर्षीयाा निक्की स्यान्डर्सकी सानी छोरीले नखाएर एकातिर पन्छाएकी म्याक डोनाल्डसको म्याक नगेट्सलाई उठाएर एक छेऊबाट चपाउँदा म्याकवोर्म भनिएको एक किरा देखा परेको थियो । मेट्रोले जनाएको अनुसार, श्रीमती निक्की स्याण्डर्सलाई सोको बदला एक भौचर दिन खोजिएको सो पार्कको सो रेष्टुरेन्टको म्यानेजरलाई भौचर हौइन, मलाई सोबारे स्पष्टिकरण चाहिन्छ भनेर अडान लिएपछि उक्त घटनाले व्याप्ति पाएको हो ।
फोटोमा देखाइएको म्याक नगेट्सलाई ल्यावमा परीक्षणको लागि लगिएको छ । योभन्दा अगाडि पनि यस्ता प्रकारका घटनाहरुले समाचार बन्न पाएका थिए, यसै त जंक फुडदेखि टाढा बस्नु भनिरहेको अवस्थामा यस्तो प्रकारको घटनाहरु फेला पर्दा ग्राहकहरु यस्ताखाले खानेकुराहरुबाट टाढा रहलान् भन्ने आम धारणा राखिएको टेलिग्राफ लेख्दछ ।
तस्वीर श्रोत: बीपीएल मिडिया र समाचार श्रोत: मेट्रो र टेलिग्राफ
प्रतिक्रिया