सरस्वती पूजा तथा बसन्त पन्चमी

सरस्वती पूजा तथा बसन्त पन्चमी


sarasotiलन्डन । हिन्दूहरुको मुख्य पर्वको रुपमा रहेको अर्को एउटा पर्व हो बसन्त पन्चमी जसलाई बिध्याकी देवी सरस्वतीको पूजा गर्ने दिनको रुपमा चिन्ने गरिन्छ । यस दिन धुमधामका साथ सरस्वतीको पूजा गरिने परम्परा रहेको छ । यो पर्व माघ शुल्क पंचमी अर्थात् श्रीपंचमी जसलाई बसन्त पंचमी पनि भनिन्छ । २०७१ शालको श्रीपंचमी माघ ११ गते आइतबार तदनुसार २५ जनवरी २०१५ का दिन परेको छ ।
नेपालमा जाडो मौसमलाई बिदाइ गरी बसन्त ऋतुलाई स्वागत गर्दै खुशियालीको रुपमा पनि मनाइन्छ । प्राचीन शास्त्रहरूको भनाइलाई मान्ने होभने बसन्त पंचमीलाई अलगअलग ढंगले व्याख्या गर्ने गरेको पाइन्छ । भगवान विष्णुको आज्ञाअनुसार ब्रह्माले मनुस्यलगायत जीवहरुको रचना गरे तर आफ्नो सृष्टिले उनी संतुष्ट थिएनन् अर्थात् उनलाई केही कमीको महशुस हुने गर्दथियो जसले गर्दा चारैतिर मौनता छाएको थियो । विष्णुसँगको अनुमतिद्वारा ब्रह्माले आफ्नो कमंडलुबाट जल छरे, पृथ्वीमा जल छर्ने बित्तिकै कम्पन हुन थाल्यो । यसपछि वृक्षहरुको बीचबाट एक अद्भुत शक्तिको उत्पति भयो जुन उत्पति एक चतुर्भुजी सुन्दर स्त्रीको थियो जसको एक हातमा बीणा तथा अर्को हातमा वर मूद्रा थियो । अरु दुई हातमा पुस्तक र माला थिए । ब्रम्हाले देवीसित बीणा बजाउने अनुरोध गरे । जब देवीले वीणा बजाइन्, संसारका समस्त जीव जन्तुहरुलाई वाणी प्राप्त भयो । जल्धारामा कोलाहल मच्चियो, हावा चल्दा सरसर आवाज आउन थाल्यो । त्यसपछि ब्रह्माले ती देवीलाई वाणीको देवी सरस्वती भने । सरस्वतीलाई बागीस्वरी, भगवती, शारदा, वीणावादनी र वाग्देवीसहित विभिन्न नामले पूजा गर्ने प्रचलन छ ।
सरस्वतीलाई विद्या र बुद्धिकी ज्ञाता मानिन्छ । संगीतको उत्पति गरेको कारण उनलाई संगीतकी देवीको रुपमा पनि मानिन्छ ्र खासगरी बसन्त पंचमीको दिनलाई यिनको जन्मोत्सवको रुपमा पनि मनाइन्छ । ऋग्वेदका अनुसार यिनी परम चेतना हुन्, सरस्वतीको रुपमा यिनी हाम्रो बुद्दि, प्रज्ञा तथा मनोवृत्तिहरुकी संरक्षिका हुन्, हामीमा भएको आचार र मेधाको मुख्य आधार नै भगवती सरस्वती हुन् । यसै कारणले बसन्त पंचमी अर्थात् सरस्वती पूजालाई धुमधामका साथ मनाउंदै आएको पाइन्छ ।
बसन्त पंचमीको दिन हरेक घरमा देवी सरस्वतीको पूजा गरिनुका साथै कप, किताबलगायत बाद्यबादनका सामग्रीहरुको पूजा गरिन्छ । उक्त दिन नेपालमा सरस्वतीको मठ मन्दिरलगायत स्वयम्भूमा पनि श्रद्दलु भक्तजनहरु तथा विद्यार्थीको बिशेष भीड लाग्ने गर्दछ । आजकै दिन काठमाडौँको बसन्तपुर दरवार क्षेत्रमा राष्ट्रका प्रमुख ब्यक्तित्वहरुको उपस्थिति रहने गर्दछ । आजकै दिनमा कामदेव र रातिको पनि पूजा गरिन्छ । वसन्तका प्रतीक कामदेव र उनकी स्त्री रतीको विशेष स्मरण गर्दै वासंतराग गाउने चलन छ । जीवनलाई सृगारिक बनाउन वसन्त रागले प्रेरणा दिने भएकोले काव्य्विनोदी, स्रष्टा, सर्जक, साहित्य कलाका साधकहरुका लागि वासंताराग साधनाको सधानाको स्रोत नै हो । कला र गलाका पारखीहरुका लागि सरस्वती साधना गर्ने मुख्य दिनको रुपमा श्रीपंचमी कै दिनलाई मान्ने गरिन्छ । स-साना बच्चा बच्चीहरुलाई आजकै दिनबाट अक्षर चिनाउने शुभ मुहूर्तको रुपमा पनि लिँदै आएको पाइन्छ । तसर्थ श्रीपन्चामीको दिनलाई बिशेषगरी प्राय सबैले विद्या र बुद्धिको प्रार्थना गर्ने गरेको पाइन्छ । सरस्वती पूजा गर्दा प्रचलनमा रहेको सरस्वती बन्दना यस प्रकार छ …….

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी ।
हंसवाहनसंयुक्ता विधादानं करोतु मे ॥१॥
प्रथमं भारती नाम द्धितीयं च सरस्वती ।
तृतीयं शारदादेवी चतुर्थ हंसवाहनी ॥२॥
पंचम तु जगन्माता षष्टम् वागीश्वरी तथा ।
सप्तमं चैव कौमारी अष्टम् वरदायिनी ॥३॥
नवमं वद्धिदात्री च दशमं वह्मचारिणी ।
एकादशं चन्द्रघन्टा द्धादशं भुवनेश्वरी ॥४॥
द्धादशैतानि नामानि त्रिसन्ध्यं यःपठेन्नर ।
जिह्वाग्रे वसति तस्य वह्मरुपा सरस्वती ॥५॥