मासिक श्रावको समय : ट्राफिक महिला प्रहरीलाई चार दिन बिदा

मासिक श्रावको समय : ट्राफिक महिला प्रहरीलाई चार दिन बिदा


यातायात व्यवस्थापनमा सडकमा खटिने महिलालाई अब महिनामा चार दिन बिदा दिने निर्णय गरिएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जालमा यस्तो घोषणा गरेका हुन् ।

महिलाहरुको महिनावारी (मासिक श्राव) भएको समयमा चार दिन बिदा दिने र उनीहरुको स्थानमा मादक पदार्थ सेवन गरेका वा अन्य ट्राफिक नियम पालना नगरी सवारी चलाउने चालकहरुले ट्राफिक प्रहरीलाई सडकमा खटिएर सघाउनुपर्ने गृहमन्त्री लामिछानले सञ्जालमा लेखेका छन् । गणतन्त्र दिवसको अवसरमा उनले यस्तो घोषणा गरेका हुन् ।

लामिछानेले लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ ।’

Representative image