सहकारी ठगी छानविन गर्न संसदीय समिति गठन

सहकारी ठगी छानविन गर्न संसदीय समिति गठन


सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न सरकारले संसदीय छानबिन समिति गठन गरेको छ । एमाले सांसद सूर्य थापाको संयोजकत्वमा सात सदस्यीय ‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ गठन गरिएको हो ।

समितिमा नेपाली कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, एमालेबाट सरिता भुसाल, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य तोकिएका छन् ।

समितिको कार्यावधि तीन महिना तोकिएको छ ।