सुर्खेतको रातानाङ्लामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

सुर्खेतको रातानाङ्लामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु


सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत-दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्ला नजिक दुर्घटन हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।

आज (१७ जेठ) बिहान भे१च २५६० नम्बरको जीप दुर्घटना भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनाग्रस्त जीपमा ६ जना सवार थिए । दुर्घटनामा दुईजना घाइते भएका छन् । उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

तस्बिर : रासस