फेवातालमा फसेकी अस्ट्रेलियन महिलाको सशस्त्र प्रहरीद्वारा उद्धार

फेवातालमा फसेकी अस्ट्रेलियन महिलाको सशस्त्र प्रहरीद्वारा उद्धार


पोखराको फेवातालमा बिहीबार अपरान्ह अचानक आएको हावाहुरीका कारण तालको बीचमा फसेकी एक विदेशी महिलाको सशस्त्र प्रहरी बल नं.२४ कालिका गणको विषेश उद्धारकहरुले सकुशल उद्धार गरेका छन् ।

काठको डुङ्गा भाडामा लिई एक्लै फेवातालमा सवार उनी दिउँसो करिब ४ः४० बजे आएको हावाहुरीमा परी बीच तालमा अत्तालिएकी र उद्धारका लागि चिच्याइरहेको अवस्थामा उद्धार गरिएको कालिका गणका गणपति एसपी अरुणकुमार शर्माले जानकारी दिए । उनी अष्ट्रेलियन नागरिक २७ वर्षीया लाउरा रहेको समेत गणपति शर्माले बताए ।

एपीएफ फेवाताल रेस्क्यू टावरमा खटिएको सशस्त्र प्रहरीको विशेष विपद् व्यवस्थापन टोलीले उक्त घटना देख्नवित्तिकै तुरुन्त परिचालन भई उद्धार गरेको थियो ।